search

spot_img
spot_img

वीरगंजमा उठयो क्वेयर समुदायलाई रोजगारी दिनुपर्ने माग

स्थानीय सरकारले शिक्षा र रोजगारीको लागि बजेट बिनियोजन गर्नू पर्ने

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल,वीरगंज,१९ मंसिर

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका धारणा शब्दावलीबारे स्थानीय सरोकारवालाबीच वीरगंजमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ब्लु डायमन्ड सोसाइटी काठमाडौंको आयोजनमा गत विहिबार होटल वृन्दावनमा सो कार्यक्रम सम्पन्न भएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा आयोजना भएको कार्यक्रमको नारा ‘लैङ्गिक पहिचान यौन अभिमुखीकरण र यौन विशेषतासम्बन्धी बुझाइ’ रहेको थियो ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अवधारणा र शब्दावलीबारे स्थानीय तहका सरोकारवालाहरु बीच छलफल भयो । ब्लू डायमन्ड सोसाइटी काठमाडौंका अध्यक्ष उमिशा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको जिल्ला स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साहले उद्घाटन गरेका थिए । उनले स्थानीय सरकारले अहिले रोजगारका विभिन्न क्षेत्रमा अवसर प्रदान गरेको बताए । उनले तेस्रोलिङ्गी तथा समलिङ्गीहरूमा अधिकारसँगै उच्च शिक्षाको आवश्यकता रहेको बताए । यौन व्यवसायलाई न्यूनीकरणका लागि तेस्रोलिङ्गीहरूको पहुँच शिक्षामा बढ्नुपर्ने उनले सुझाए । उनले यस प्रकारका अभिमुखीकरण कार्यक्रममा आयोजकले पालिकास्तरका जनप्रतिनिधिहरूलाई सहभागी गराउनुुपर्ने सुझाए ।

कार्यक्रममा पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो । सहयात्री समाज पर्साका कार्यकारी संयोजक सुरज लिम्बूले अहिले समलिङ्गी तथा तेस्रोलिङ्गीहरूलाई हेर्न नजरमा समस्या रहेको बताए । उनीहरूलाई रोजगारको समस्या रहेको र यो विषयको निराकरणविना सुधारको अपेक्षा गर्न नसकिने उनले बताए । उनले पर्सा जिल्लामा हाल सम्पर्कमा आएका पाँच सयजनामध्ये ८० जना एचआइभी सङ्क्रमित रहेको बताए । उनले समलिङ्गी र तेस्रोलिङ्गीहरूको हकमा सरकारले स्वास्थ्य शिक्षा तथा रोजगारको व्यवस्थापन नगरेको आरोप पनि लगाए ।

‘हामीसंग तीन वटा सरकार छ,स्थनीय,प्रदेश र संघीय सरकार,तर खोइ त हामीलाई कसैले हेरेको ?,’उनले प्रश्न गर्दै भने,‘ कतै काम खोज्न जाँदा काम पाउँदैन,काम गर्दै पत्ता लाग्यो कि यो परालिंगी हो भने कामबाट निकाल्छन्,यसरी कसरी यो समुदाय जीवन बाच्न सक्छ ?’ तसर्थ,क्वेयर समुदायको लागि पनि वार्षिक बजेट मध्ये शिक्षा र रोजगारीको लागि विनियोजन गर्नू पर्ने सहयात्री समाज वीरगंजका कार्यकारी संयोजक लिम्बुले माग गरे । साथै,स्थानीय स्तरमा खुलेर जीवन यापन गर्ने क्वेयर समुदायका व्यक्तिलाई सम्मानपूर्वक जीवन बाच्नको लागि रोजगारीको अवसरको व्यवस्था मिलाउनु पर्ने समेत उनले सुझाव दिए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads