search

spot_img
spot_img

पर्सा जिल्ला अदालतले पनि रवि र छविलालविरूद्ध पक्राउ पुर्जी जारी गर्यो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
वीरगंज महानगरपालिका–६ स्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा दुवैजनालाई पक्राउ गर्न पर्सा जिल्ला अदालतले पर्सा प्रहरीलाई अनुमति दिइएको हो । सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा करीब ८ करोड ५८ लाख रुपियाँँ गैरकानूनी रूपमा सारिएको छ। पर्सा प्रहरीका अनुसार, उक्त समय गोर्खा मिडियाको प्रबन्ध निर्देशक लामिछाने थिए। संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले ग्लोबल आईएमई बैंकको गोर्खा मिडियाको खातामा सानो पाइला सहकारीको रकम सात पटक सारिएको देखाएको छ।
२०७८ साउन १९ मा मात्र चार करोड ९१ लाख रुपियाँँ सारिएको थियो, जबकि अन्य रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्म सारिएको प्रतिवेदनमा उल्लेख छ।
पर्सा अदालतले लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको छ। पक्राउ परेकामध्ये छविलाल जोशी, जीबी राईलगायत अन्यका पनि नाम छन। सानो पाइला सहकारीका बचतकर्ताले एक वर्षअघि उजुरी गरेपछि संसदीय छानबिन समितिले रकम अपचलनको तथ्य फेला पारेको थियो।
पर्सा प्रहरी प्रमुख एसपी कुमोद ढुंगोलका अनुसार सहकारीको बचत दुरूपयोगसम्बन्धी अनुसन्धान जारी छ। मुद्दा यसअघि नै अदालतमा दायर भइसकेको छ, थप आएका जाहेरीमा अनुसन्धान भइरहेको बताए ।
सानो पाइला सहकारीका १७९ बचतकर्ताले संस्थाका सञ्चालक समिति, लेखा समिति र कर्मचारीविरूद्ध उजुरी दिएका थिए। सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल एक करोड १० लाख धरौटीमा रिहा भएकी छन् भने कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा छन। अन्य ११ जना अभियुक्त फरार रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads