search

spot_img
spot_img

दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोवार

पढ्न छुटाउनुभयो ?

हड्ढङ, २० मङ्सिर (रासस/एएफपी)ः अमेरिकी सुरक्षा आयोगको अध्यक्षमा डोनाल्ड ट्रम्पको चयनलाई शेयरबजार व्यवसायीहरूले स्वागत गर्दा बिहीवार पहिलो पटक प्रति एक मुद्रा बिटक्वाइनको कारोवार मूल्य एक लाख अमेरिकी डलर नाघेको छ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योलले यसै हप्ता केही घण्टा मात्र लागु भएको सैनिक शासन र यसको फिर्ता पछि सामना गरेको महाभियोगको प्रस्तावले सियोलको शेयरमा गिरावट आएको छ। हालैका हप्ताहरूमा ९० हजार अमेरिकी डलरको आसपास घुमिरहेको लोकप्रिय क्रिप्टोकरेन्सी अन्ततः एशियामा ऐतिहासिक स्तरमा पुगेको हो । ट्रम्पले प्रमुख क्रिप्टो प्रस्तावक पल एटकिन्सलाई सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) को अध्यक्षको रूपमा जिम्मेवारी दिने घोषणासँगै क्रिप्टोको कारोवारले उच्च रेकर्ड कायम गरेको हो । एटकिन्स जोखिम परामर्श फर्म ‘पाटोमक ग्लोबल पार्टनर्स’का संस्थापक हुनुहुन्छ । यसका ग्राहकहरूमा बैंकिङ, व्यापार र क्रिप्टोकरेन्सी उद्योगका कम्पनीहरू समावेश छन् । ट्रम्पको सङ्क्रमणकालीन टोलीले सन् २०१७ देखि डिजिटल च्याम्बर अफ कमर्शको सह–अध्यक्षता गरेको उल्लेख गरेको छ । एटकिन्सले अमेरिकालाई पहिलेभन्दा ठूलो बनाउन डिजिटल सम्पत्ति र अन्य नवप्रवर्तन महŒवपूर्ण रहेको बताउनुभएको छ । ‘एसपीआई एसेट म्यानेजमेन्ट’का स्टेफन इनसले एटकिन्ससँग क्रिप्टोकरेन्सी फर्महरूमा एसईसीको कडा अडानको आलोचना गर्नेहरूको ‘ट्र्याक रेकर्ड’ रहेको बताउनुभयो । “यो रणनीतिक कदमले क्रिप्टो समुदायलाई उत्साहित बनाएको छ, एटकिन्सको निगरानीमा सम्भावित अधिक मिलनसार नियामक परिदृश्यको वारेमा लगानीकर्ताको आशालाई बढावा दिएको छ,” इनेसले भन्नुभयो । कारोवार मूल्यमा रेकर्ड तोड्दै बिटक्वाइनको प्रति एक मुद्रा बिहीवार एक लाख तीन हजार ८०० अमेरिकी डलरमा कारोवार भएको हो । अमेरिकी राष्ट्रपति–निर्वाचित ट्रम्पले क्रिप्टोकरेन्सीहरूलाई विनियमित गर्ने उपायहरू मार्पmत अघि बढाउने विश्वासमा ट्रम्पको चुनावी जितपछि यो ५० प्रतिशत भन्दा बढी बढेको छ र वर्षको अन्त्यदेखि लगभग १४० प्रतिशत बढेको छ । चुनावी अभियानका क्रममा उहाँले संयुक्त राज्य अमेरिकालाई ‘विश्वको बिटक्वाइन र क्रिप्टोकरेन्सी राजधानी’ बनाउने वाचा गर्नुभएको थियो । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले नाटकीय रूपमा सैनिक शासनको घोषणा गरेपछि व्यापारीहरूले त्यहाँ भएका घटनाहरूको अनुगमन गरिरहेका बेला बिटक्वाइनमा उछाल आएको हो । दक्षिण कोरियाकोे विपक्षी समूहले अहिले उहाँ (युन) विरूद्ध महाभियोगको लागि दबाब दिएको छ, जबकि रक्षा मन्त्रीले राजनीतिक सङ्कटको कारण राजीनामा दिनुभएको छ । विवादास्पद बजेट प्रस्तावसँग जोडिएको अविश्वासको प्रस्तावमा प्रधानमन्त्री मिचेल बार्नियरको तीन महिना पुरानो सरकार ढलेपछि लगानीकर्ताहरूले फ्रान्समाथि पनि नजर राखेका छन् । युरोजोनको दोस्रो नम्बरको अर्थव्यवस्था (प्राmन्स) का कारण स्थानीय शेयर कारोवारमा विशेष गिरावट आउने अपेक्षा गरिएको भएपनि युरोले कुनै ठूलो प्रभावको सामना गर्नु परेन तर यस कदमले यस वर्षको शुरूमा विभाजनकारी चुनावपछि फ्रान्समा पहिले नै तनावपूर्ण राजनीतिक स्थितिमा नयाँ अनिश्चितता थपेको थियो । एशियाका अन्य ठाउँहरूमा शेयर कारोवार मिश्रित देखिएको छ । लगानीकर्ताहरूले वाल स्ट्रिटमा सबै तीन मुख्य सूचकाङ्कको लागि रेकर्ड राख्न सङ्घर्ष गरे, जहाँ रोजगार र सेवाहरूमा नरम तथ्याङ्कले यस महिना फेडरल रिजर्भ ब्याज दर कटौतीको आशालाई बढावा दिएको थियो । टोकियो, साङ्घाई, सिड्नी, सिङ्गापुर, मुम्बई र ताइपेइको मूल्य बढे पनि हड्ढङ, वेलिङटन, जकार्ता र मनिला भने शेयर कारोवारका हिसाबले ओरालो लागेका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads