रेडक्रस पर्साको ६१ औं स्थापना दिवसमा रक्तदान

1200x150_1200x150-01.jpg (1)
वीरगंज २१ मंसिर । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको ६१ औं स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरिएको छ ।
शुक्रवार छपकैया स्थित वीरगंज रक्त संचार केन्› भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका अध्यक्ष वीरेन्› राज कंडेल, मन्त्री साबिर अहमद एराजको अध्यक्षतामा सम्पन्न भएको थियो।
अध्यक्ष वीरेन्›राज कंडेलले झण्डातोलन गरेर कार्यक्रमको शुभआरम्भ गरेका थिए । भने रेडक्रसका संस्थापक जा. हेनरी ड्युनाको फोटोमा माल्यार्पण गर्नुको साथै फुल एवं अबिर चढाएका थिए ।
सो कार्यक्रममा नेपाल रेडक्रसका उपाध्यक्ष मधु राणा,दिनानाथ रौनियार,महन्त प्रसाद यादव ,नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता,लालबाबू सिंह,दया संकर सिंह,सौरभ राज पाण्डे,राजन श्रीवास्तव,मनिस गुप्ता,बिरसमसेर कुर्मी, लक्ष्मी राउत,मिना क्षेत्री, राजु साह लगायतकाहरुको पनि उपस्थिति रहेको थियो।
६१ औं स्थापना दिवसको अवसरमा रक्तदान र बेलुका घन्टाघरमा दिप प्रजवलन कार्यक्रम छ ।
सम्बन्धित पोस्टहरुः