search

spot_img
spot_img

गढीमाईको मेलामा गाडीहरू मात्रै २० हजारभन्दा बढी

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल वीरगंज, २४ मंसिर । पशुबलिको लागि विश्वमा चर्चित बाराको गढीमाई मेलामा यस वर्ष नेपाल र भारतका लाखौं श्रद्धालु भक्तजनहरू मेला भर्न आएका छन् । उनीहरू पैदल, साइकल, मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्टर, टेम्पो, ईरिक्शा, बसलगायतका सवारीसाधनबाट मेला भर्न आएका बारा प्रहरीले जनाएको छ ।
बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले हालसम्म मेलामा गम्भीर किसिमको सवारी दुर्घटना नभएको बताए । उनले प्रहरी र ट्राफिक प्रहरीलगायत सुरक्षा निकाय अहोरात्र गस्ती र ट्राफिक व्यवस्थापनमा लागेको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराकी प्रमुख प्रहरी निरीक्षक नीलु दुवालले साइकल र मोटरसाइकल गणना गर्नै नसकिएको बताइन् ।
उनले हलुका तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन ईरिक्शा, अटो, टम्पोे, जीप, कार, भ्यान, ट्याक्टर, बस, ट्रक गरी करीब २० हजारभन्दा बढी सवारीसाधन आएको बताइन् । उनले गढीमाई मन्दिर वरपर तीन किलोमिटरमा मेला समितिले छवटा पार्किङ बनाएको र सोभन्दा नजीकै अन्य दर्जनौं पार्किङस्थल बनाएर सवारीसाधनको आवागमनलाई नियमित पारिएको जानकारी गराइन् । उनले हालसम्म हुलाकी राजमार्गको बरियारपुरसम्म सवारीसाधन बिस्तारै आउजाउ गरिरहेको बताइन् । मेलालाई लक्षित गरेर २२५ जना ट्राफिक प्रहरी परिचालन गरिएको उनले बताइन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads