search

spot_img
spot_img

रवि लामिछानेलाई पोेखरा पठाइयो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुधवार पर्साबाट सडकमार्ग हुँदै सिमरा र त्यहाँबाट हवाईमार्गमा काठमाडौं लगिएको छ। त्यहाँबाट उनलाई पोखरा लैजाने तयारी छ।
पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार सरकारी वकीलको कार्यालय पर्सामा उनको बयानको काम सकिएपछि आज बिहानै काठमाडौं लगिएको बताए। सानो पाइला सहकारी संस्था वीरगंजको करोडौं रकम गोेर्खा मिडिया नेटवर्कमा दुरुपयोग भएको भन्दै बचतकर्ताले जिल्ला प्रहरी कार्यालय, पर्सामा दिएको उजूरीको सम्बन्धमा छानबीन गर्न पोखराबाट उनलाई काठमाडौं हुँदै वीरगंज ल्याइएको थियो।
कानूनी प्रक्रिया पूरा भइसकेपछि उनलाई पोखरा फिर्ता पठाइएको पर्सा प्रहरीले जनाएको छ। लामिछानेविरुद्ध कास्की, रूपन्देही, चितवन, काठमाडौं, पर्सा गरी पाँचवटा जिल्लामा सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलिरहेको छ। करीब ५५ दिनदेखि उनी प्रहरी हिरासतमा छन्।
पर्साकै मुद्दामा पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाललगायतको बयान सकिएर उनीहरूलाई यस अघि नै फिर्ता पठाइएको पर्सा प्रहरीले जनाएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवको निर्देशनमा डिप बोरिङ जडान गरि सन्चालन

वीरगंज, ३१ साउन । नेपाल सरकारको खानेपानी मन्त्री प्रदीप यादवको सक्रिय निर्देशन तथा पहलमा वीरगंज महानगरपालिका वडा नं. १६...

सम्बन्धित खबर

- Advertisement -neelambads