वीरगंज, ३ पुस । भोजपुरी भाषा, संस्कृतिको जर्गेना आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । भोजपुरी प्रतिष्ठान वीरगंजको आयोजनामा बुधवार स्व. भिखारी ठाकुरको १३६औं जन्मजयन्तीको उपलक्ष्यमा आयोजित कवि गोष्ठी तथा विचार विमर्श कार्यक्रमका वक्ताहरूले सो कुरा बताएका हुन् । प्रतिष्ठानका कार्यसमितिका सल्लाहकार प्रमोद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखाका सहईन्चार्ज अनिशकान्त कुश्वाहाले भोजपुरी भाषा आफ्नो मातृभाषा रहेकोले यस्को महŒव आजका पुस्ताले पनि उत्तिकै बुझ्नुपर्ने तथा अनुशरण गर्नुपर्नेमा जोड दिए । उनले भने २२ वर्ष अघि जब हामी विद्यालयमा अध्ययनरत थियौँ त्यो बेला पनि अंग्रेजी भाषाका किताबहरू अध्ययन गर्नुपर्ने थियो तर फरक यति थियो की आज त्यही अंग्रेजी भाषालाई पहिलो प्राथमिकता र मातृभाषालाई दोश्रो प्राथमिकता राखिएको छ जबकी त्यो जमानामा भने अंग्रेजी भाषाका पुस्तकमा लेखीएको शब्द, वाक्यलाई पनि हाम्रा शिक्षक शिक्षिकाहरूले भोजपुरी भाषामा अनुवाद गरेर बुझाउनु हुन्थ्यो । उनले घरबाटै मातृभाषाप्रतीको सम्मान, मोह र उत्साह बढाउन अभिभावकले भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रमका अध्यक्ष तथा प्रतिष्ठानका कार्यसमिति सल्लाहकार प्रमोद पाण्डेले आफ्नो कविता मार्पmत स्व.भिखारी ठाकुरलाई स्मरण गरेका थिए । प्रतिष्ठानका सल्लाहकार पाण्डेले भोजपुरी प्रतीष्ठान वीरगंजले कार्यक्रम आयोजना गरी स्व.भिखारी ठाकुरलाई स्मरण गरेर भोजपुरी भाषा, साहित्यप्रति सम्मान गरेकोप्रती प्रशंसा गरे । भोजपुरी भाषा, संस्कृति, साहित्यबारे खुलेर प्रचार गर्न आवश्यक रहेको बताए । भोजपुरी भन्ने बितिक्कै मानिसहरूको मनसपाटलमा अश्लिलता आउँछ तर भोजपुरी भाषाको आफ्नै सुन्दरता छ त्यसलाई उजागर गर्न अब ढिलो गर्नुहुन्न । यसमा सबै मिलेर लाग्न जरूरी भनी बताए । कार्यक्रममा कवि अस्मिता पटेल, आमोद गुप्ता, रितु राज, श्याम सरार्पलगायतले भोजपुरी भाषा, कला संस्कृतिबारे कविता वाचन गरेका थिए भने प्रतिष्ठानका कार्यसमिति सदस्य सर्वजित पासवानले स्व. भिखारी ठाकुरलाई गायनमार्फत स्मरण गरेका थिए । कार्यक्रम संचालन श्याम सरार्प र सहजीकरण प्रतिष्ठानका सदस्य संयोजक अमित अग्रवालले गरेका थिए ।
Facebook Comments Box