search

spot_img
spot_img

३० महीनादेखि जबरजस्ती कब्जा गरेर बस्दै यादव परिवार

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ पुस । वीरगंज–१६ इनर्वाका अगुवा भनेर चिनिने मदनप्रसाद यादवको परिवारले जबरजस्ती ३० महीनादेखि अर्काको सम्पत्ति हडपेर बसेको समाचार छ ।
सोही गाउँका लालदेवप्रसाद यादवले ३५ लाख पाँच हजार ५१ रुपैयाँमा महालक्ष्मी विकास बैंक श्रीपुर शाखाद्वारा २०७८ चैत १० गते निकालिएको घरघडेरी लिलामी सूचनामा आवेदन गरी मदन यादवको घरघडेरी लिलाम सकार गरेका थिए ।
२०७९ असार १५ गते लालदेवप्रसाद यादवको नाममा घर, जग्गा दाखा गर्न भनी मालपोतको नाममा बैंकले परिपत्र गरेको थियो । त्यसपछि सोही महीनाको ३१ गते मालपोत कार्यालय, पर्साले साबिक छपकैया, वीरगंज–६, हाल वीरगंज–१६ इनर्वा किनं ५६५ को एक कट्ठा पाँच धुर जग्गा र सोमा बनेको एक तले पक्की घरको दाखा गरी लालपुर्जा बनाएको थियो ।
अहिले सो जग्गा र घरको स्वामित्व लालदेवप्रसाद यादवको नाममा रहेको छ । प्रारम्भिक चरणमा व्यावहारिक हिसाबले घरघडेरी खाली गर्न भन्दा आनाकानी गरेका मदनप्रसाद यादवले जिल्ला प्रशासन कार्यालय, पर्सा र वडा कार्यालयमा समेत लालदेवप्रसाद यादवले लिलामी सकार गरेको रकम फिर्ता गर्ने वा घर खाली गर्ने सहमति गरे तापनि उनले रकम फिर्ता गरेका छैनन् भने घर पनि खाली गरिरहेका छैनन् ।
लालदेवप्रसाद यादवले सञ्चारकर्मीसँग कुराकानी गर्दै घरघडेरी खाली गराइदिनका लागि स्थानीय प्रहरी प्रशासनसँग अपील गरेको बताए । केही दिनअगाडि जबरजस्ती जग्गा हडपेका मदनप्रसाद यादवको परिवारले आत्मदाह गर्ने चेतावनीसमेतको भिडियो सामाजिक सञ्जालमा भाइरल गराएको थियो । त्यसपछि वास्तविक जग्गाधनी मीडियामा आएर मुख खोलेका हुन् ।
मदन प्रसादले २०६८ सालभन्दा अगाडि घरायसी प्रयोजनका लागि २५ लाख रुपैयाँ यति डेभलपमेन्ट फाइनान्सबाट कर्जा लिएको र सोको साँवा तथा ब्याज बुझाउन नसक्दा उनले धितोस्वरूप राखेको घर–घडेरी फाइनान्सले आप्mनो नाममा गराएको थियो । पछि यति डेभलपमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंक मर्ज हुँदा घरघडेरी लिलामीको सूचना महालक्ष्मी विकास बैंकले निकालेको थियो ।
यस विषयमा जबरजस्ती जग्गा कब्जा गरेर बसेका मदनले सामाजिकरूपमा ५४ लाख रुपैयाँ लिएर जग्गा फिर्ता गराउने कुराकानी चलिरहेकोले आफू रकमको बन्दोबस्तीमा लागेको बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads