search

spot_img
spot_img

सीता चर्चाबिना राम अधुरो र रामायण अपूर्ण हुन्छ : मुख्यमन्त्री सिंह

पढ्न छुटाउनुभयो ?

जनकपुर, ७ पुस : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीताबिना राममात्र अधुरो नभएर रामायण नै अपूर्ण हुने बताउनुभएको छ । रामायणमा वर्णित कथाक्रमलाई रामसीता दुवैसँग जोडेर प्रसार गरिनुपर्ने उहाँले बताउनुभयो ।
भारतको उत्तरप्रदेश राज्यको पर्यटन विभागको आयोजना र जानकी मन्दिर जनकपुरधाम तथा जनकपुरधाम उपमहानगरपालिका कार्यालयको सहआयोजनामा जनकपुरधाममा भइरहेको दुईदिने अन्तर्राष्ट्रिय रामायण कन्क्लेभमा मुख्यमन्त्री सिंहले मिथिलामा अवध राजकुमार रामको आगमन र धनुषयज्ञबाट सुरु भएको रामकथा सीताको चर्चाबिना पूरा नहुने उल्लेख गर्दै सीतारामसँग जोडिएका ठाउँको विकास तथा प्रवद्र्धन गर्न भारत सरकारले ल्याएको रामायण सर्किट र मधेश प्रदेशले बजेटसमेत विनियोजन गरिसकेको सीता सर्किटलाई जोड्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री सिंहले त्रेतायुगबाट सुरुआत भएको सम्बन्धलाई अहिले निरन्तरता मात्र दिनुपर्ने भन्दै राम मन्दिर निर्माणपछि अयोध्यामा दर्शन गर्न पुग्ने श्रद्धालु भक्तजनहरूलाई जानकी दर्शनका लागि जनकपुरधाम पठाउने वातावरण निर्माण गर्न भारतको केन्द्रीय तथा उत्तरप्रदेश सरकारसँग आग्रह गर्नुभयो ।
सीताको दर्शनबिना रामको दर्शन अधुरो भएको रामायणकै चर्चा प्रसार हुनुपर्ने र दुवैसँग जोडिएका ठाउँका बारेमा ‘डिजिटल’ जानकारी प्रवाह हुँदा दर्शनार्थीले सबै ठाउँका बारेमा जानकारी प्राप्त गर्ने तथा रामायणकालीन विचारधाराबाट अवगत हुनेमा मुख्यमन्त्री सिंहले जोड दिनुभयो । उहाँले भन्नुभयो, “सीता जन्मस्थल, धनुषयज्ञ स्थल र विवाहमण्डपलगायत ठाउँबारे जानकारी सङ्ग्रहित श्रव्यदृश्य र लेख्य सामग्री डिजिटल पोर्टलमार्फत रामायण सर्किटसँगै साझा गरिँदा धार्मिक तथा पर्यटन विकासले तीव्रता लिनेछ ।”
मुख्यमन्त्री सिंहले नयाँ पुस्तासँग रामायणको आद्योपान्त अध्ययन गर्ने धैर्य नभएको भन्दै रामायणकथालाई साना श्रव्यदृश्य तथा दृश्यमार्फत प्रसार गरिनुपर्ने बताउनुभयो । उहाँले जनकपुरधामको धार्मिक पर्यटनमा टेवा पुग्नेगरी आफूले एउटा धार्मिक समारोहमा सहभागी हुन अयोध्या भ्रमण गरेको बताउनुभयो । उहाँले सीतारामको पदगमन र गाथासँग जोडिएका नेपाल, भारत र श्रीलङ्काका विभिन्न स्थानमा रामायण चर्चासँगै पौराणिक कथाका बारेमा जागरण तथा खोजअनुसन्धान हुने दृष्टिले रामायण कन्क्लेभ महत्वपूर्ण भएको औँल्याउँदै ती कुरालाई लिपिबद्ध गर्दै ठाउँठाउँमा प्रस्तुत गर्ने उत्तर प्रदेश सरकारको काम सराहनीय भएको प्रस्ट पर्नुभएको छ ।
प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले सीता शक्ति र भक्तिको प्रतीक भएको जिकिर गर्दै सीता जन्मभूमिमा महिलाको स्थिति कमजोर हुँदा आफूलाई दुःख लाग्ने गरेको बताउनुभयो । उहाँले जानकी भूमिमा महिला हिंसाका घटना अक्षम्य हुने भन्दै नारी सशक्तीकरणका पक्षमा काम हुनुपर्ने उल्लेख गर्नुभयो ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा भएको कार्यक्रममा भारत तथा नेपालका विद्वान तथा विदुषीहरूले रामायण चर्चा गरेका थिए । (रासस)
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

नेशनल इन्फोटेकद्वारा रक्तदान कार्यक्रम

वीरगंज २५ असार । नेशनल इन्फोटेक कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा १६९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका...

सम्बन्धित खबर

- Advertisement -neelambads