search

spot_img
spot_img

सवारी दुर्घटनाबाट पाँच महीनामा १८ जनाको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ पुस । पर्सा जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएको छ । गत आव २०८०/८१ मा २३१ वटा सवारी दुर्घटना भएकामा चालू आव २०८१/८२ को पाँच महीना अर्थात् साउनदेखि मङ्सिरसम्म ३८१ वटा सवारी दुर्घटना भएको पर्सा ट्राफिकले जनाएको छ ।
ती दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । जबकि गत आवको १२ महीनामा २० जनाको मृत्यु भएको थियो भने ३४४ जना घाइते भएका थिए । तर चालू आवको पाँच महीनामा घाइतेहरूको सङ्ख्या पनि बढेको तथ्याङ्कले देखाएको छ । पछिल्लो पाँच महीनामा ४९८ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख लोकराज भट्टले जानकारी गराए । उनले चालू आवमा ११ हजार ८२३ वटा सवारीसाधनलाई कारबाई गर्दा एक करोड तीन लाख ४४ हजार ३५० रुपैयाँ जरिवाना असुल भएको बताए ।
चालू आवमा ३३६ वटा जनचेतनामूलक कार्यक्रम गरी ६६ हजार ६३० जनालाई ट्राफिक नियमबारे सचेत गराइएको उनले बताए । गत आव २०८०/८१ मा सात हजार ५२१ वटा सवारीसाधनलाई कारबाई गर्दा रु ७४ लाख ४९ हजार ५५३ जरिवाना सङ्कलन भएको थियो भने सोभन्दा अघिल्लो आव २०७९/८० मा ११ हजारवटा सवारीसाधनलाई कारबाई गर्दा रु ८५ लाख ७५ हजार ५०० जरिवाना सङ्कलन भएको थियो ।
त्यसैगरी, सोही आव २०७९/८० मा १०७ वटा सवारी दुर्घटना हुँदा २० जनाको मृत्यु र १३७ जना घाइते भएका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रसौनी – ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ

वीरगञ्ज २ भदौ । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads