search

spot_img
spot_img

वडा कार्यालयले सिफारिशमा अल्झायो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ पुस । देशमा सङ्घीयता आइसकेपछि स्थानीय तह सञ्चालनमा आयो, त्यसपछि काठमाडौंको सिंहदरबार गाउँ–गाउँ गयो भनेर प्रचार गरियो तर गाउँकै वडा कार्यालयले एकजना महिला सेवाग्राहीको काम नगरेपछि उनी केही महीनादेखि वडा कार्यालयको चक्कर लगाइरहेकी छन् ।
बारा, प्रसौनी गाउँपालिका–६ प्रष्टोका घर भई हाल वीरगंज–१३ तेजारथटोलमा डेरा लिई बस्ने नजमा खातुनले दुई महीनादेखि नाता प्रमाणित सिफारिशको लागि वडा कार्यालय धाइरहेको तर हालसम्म सिफारिश नगरेको गुनासो गरिन् । साबिक भतौडा–६, हाल कलैया उपमहानगरपालिका–२३ भतौडामा रहेको सीट नं ४१२, कित्ता नं ६८१, क्ष्Fेत्रफल पाँच धुर घडेरी बैंकमा राखेर घर बनाउन लक्ष्मी सनराइज बैंकबाट ऋण लिनुपर्ने भएकोले नाता प्रमाणित गर्न वडा कार्यालयबाट सिफारिश चाहिएको हो । तर वडाध्यक्ष बृजकिशोर कुशवाहाले विभिन्न बहाना बनाउँदै अल्झाउँदै आएको उनले बताइन् । उनले यस विषयमा प्रसौनी गाउँपालिकाको न्यायिक समिति एवं जिल्ला प्रशासन कार्यालय, बारामा समेत शान्ति सुरक्ष्Fाको निवेदन दिए तापनि वडाध्यक्ष कुशवाहाले सुनवाइ नगरेको आरोप लगाइन् ।
वडाध्यक्ष कुशवाहाले वडासचिवलाई समेत ‘सिफारिश लेख्यौं भने ठीक हुँदैन’ भनेर धम्क्याउने गरेको उनको आरोप छ । उनले यस अघि २०७४ मा चुनाव जितेका वडाध्यक्ष कुशवाहासँग गाउँमा ग्याँस सिलिन्डर र चुल्हो वितरण गर्दा आप्mनो परिवारसँग विवाद भएकोले इबी साँध्न आफ्नो काम नगरेको उनको आरोप छ ।
उनले वडा कार्यालयबाट सिफारिश नपाए कानूनी बाटो रोजेर अदालतसम्म जाने उनले चेतावनी दिएकी छन् । यस विषयमा जिल्ला प्रशासन कार्यालय, बारा र प्रसौनी गाउँपालिकाले पहल गर्नुपर्ने उनले माग गरेकी छन् ।
यस विषयमा वडाध्यक्ष कुशवाहाले नजमाको काम प्रक्रियामा रहेकोले केही दिनमा हुने बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रसौनी – ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ

वीरगञ्ज २ भदौ । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads