वीरगंज, १६ पुस/ मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षत्रीले बुधवार कृषि औजार कारखाना वीरगंजको स्थलगत निरीक्षण गरेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रले दुई दशकदेखि बन्द कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याएपछि मन्त्री क्षत्रीले आज सोको अवस्थाबारे स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणको क्रममा उनले राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरूसँग उत्पादित कृषि सामग्रीबारे जानकारी लिएका थिए । प्राविधिकहरूले अहिले परीक्षणका रूपमा डेढ दर्जनभन्दा बढी कृषि उपकरण, औजारहरू उत्पादन भइरहेको जानकारी गराएका थिए ।
आविष्कार केन्द्रका इन्जिनीयर रितेश देवसहितको टोलीले उत्पादित उपकरण, यन्त्रहरूबारे जानकारी गराएका थिए । उनले अहिले केन्द्रका ३० जना प्राविधिक टोलीले परीक्षण र अनुसन्धानको क्रममा धान, आलु रोप्ने, काट्ने मेशीन, घाँस काटेर मसिनो पार्ने कटर, गोबर सुकाउने मेशीन, केराको थामबाट फाइबर निकाल्ने मेशीन, पशुदाना बनाउने मेशीन, कोेदो रोप्ने–काट्ने मेशीन, कल्टिभेटर, कुटो, कोदालो, बन्चरो, हँसिया, बेल्चा, थ्रेसर गरी डेढ दर्जनभन्दा बढी औजार, उपकरणहरू उत्पादन गरिरहेको जानकारी गराएका थिए ।
मन्त्री क्षत्रीले उत्पादन भएका कृषियन्त्र, उपकरणहरूको शुरूमा किसानका बीच गएर प्रदर्शन गरिने, उनीहरूलाई यन्त्रको प्रयोगबारे जानकारी गराउने र त्यसको परिणाम राम्रो आएको खण्डमा अनुदान र सहुलियतमा वितरण गर्न मन्त्रालयले पहल गर्ने आश्वासन दिए । उनले केन्द्रमा उत्पादित कृषि उपकरण, औजारहरू मधेस प्रदेश सरकारले खरीद गरेर किसानहरूलाई अनुदानमा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे ।
मन्त्री क्षत्रीले कारखाना पुनः सञ्चालनका लागि प्रदेश सरकारले चालू आवमा ५० लाख विनियोजन गरेको र सो रकम कृषि मन्त्रालयले छिट्टै कार्यविधि बनाएर राष्ट्रिय आविष्कार केन्द्रलाई उपलब्ध गराउने बताए । उनले यसका अलावा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्याय, नेविसङ्घका केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने, रामविनाश यादवलगायत सहभागी थिए । सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई २०७९ असोज ११ मा सञ्चालन अनुमति दिएको र केन्द्रले माघदेखि काम शुरू गरेको हो ।

Facebook Comments Box