search

spot_img
spot_img

न्यायिक समितिलाई प्रभावकारी बनाउनुपर्ने

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, २० पुस/रासस
मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले संविधानप्रदत्त अधिकार उपयोग गर्दै देशभरका पालिकाले प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउनुभएको छ ।

मधेसी आयोग नेपालद्वारा आज यहाँ आयोजित प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय तहका विवाद पालिकाका न्यायिक समितिले समाधान गर्नुपर्ने बताउनुभयो । साथै अध्यक्ष दत्तले सक्षम एवं अधिकारसम्पन्न बनाउनेतर्फ पालिका प्रमुख तथा उपप्रमुखले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
आयोगका सदस्य जीवछ साहले मधेसी आयोगको काम कर्तव्य अधिकारबारे जानकारी दिँदै बजेट अभावले आयोगलाई काम गर्न समस्या भएको गुनासो गर्नुभयो ।
धनुषा जिल्ला अदालतका जिल्ला न्यायाधीश चुरामन खड्काले पालिकाबाट स्थानीयस्तरका झगडा मिलाउँदा अदालतमा मुद्दाको चाप घट्नका साथै न्यायप्राप्तिमा विलम्ब नहुने बताउनुभयो
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले स्थानीयस्तरका विवाद स्थानीय तहबाटै समाधान गर्नुपर्ने बताउनुभयो ।
धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले न्यायिक समितिहरुबाट अपेक्षित रूपमा कार्यसम्पादन नहुँदा प्रहरीमाथि थप बोझ परेको गुनासो गर्नुभयो ।
प्रशिक्षणमा धनुषाका १८ पालिकाका उपप्रमुख तथा प्रशासकीय अधिकृत र जिल्लाका प्रहरी कार्यालय धनुषाअन्तर्गतका सहायक तथा अधिकृतस्तरका कर्मचारी गरी ५० जना सहभागी छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads