प्रस,परवानीपुर,२० पुस वीरगंजको ज्ञानदा एकेडेमीमा स्थापित नेशनल स्पोर्टस एकेडेमी र काठमाडौँको एलिट मुभर्स एजुकेशन कन्सल्टेन्सी वीच खेलकुद र खेलाडीको विकास तथा प्रबन्धक लागि सहकार्य गर्ने समझदारी भएको छ । वीरगंज,गण्डकस्थित क्लार्क रिसोर्टमा आयोजित पत्रकार सम्मेलनका बिचमा समझदारी पत्रमा दुवै पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन् । नेपालको राष्ट्रिय क्रिकेट टिमका ओपनर तथा विकेट किपर आशिफ शेख र अलराउण्डर आरिफ शेख ब्रान्ड एम्बेसडर रहेको नेशनल स्पोर्टस एकेडेमीसँग सम्झौता गर्न पाउँदा कन्सल्टेन्सीका प्रबन्ध निर्देशक उद्धव बानले खुसी व्यक्त गर्दै भने, ‘खेलाडी राष्ट्रका गहना हुन् । उनीहरूको विकास र प्रोत्साहनका लागि सहकार्य गर्न पाउँदा हामी गर्व गर्छौँ । यो सहकार्यले वीरगंज र समग्र देशकै खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिएका छौँ ।’
उक्त अवसरमा कन्सल्टेन्सीले एकेडेमीलाई आवश्यकताअनुसार खेल सामग्री, प्रशिक्षण उपकरण, र अन्य आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । एकेडेमीका प्रशिक्षक जहुर अन्सारीले कन्सल्टेन्सीप्रति आभार प्रकट गर्दै भने, ‘खेलकुद क्षेत्रलाई यति ठूलो सहयोग प्रदान गर्नु आफैँमा सराहनीय काम हो,हामीले यस साझेदारीबाट खेलाडीहरूको भविष्य उज्ज्वल हुने विश्वास लिएका छौँ ।’
राष्ट्रिय क्रिकेट खेलाडी एवम् एकेडेमीका ब्रान्ड एम्बेसडर आरिफ शेखले भने, ‘हाम्रो खेल जीवनमा देखिएका अभाव र कठिनाइ अब यस साझेदारीबाट धेरै हदसम्म समाधान हुनेछन् । एकेडेमीमा अभ्यास गरिरहेका खेलाडीहरूले अब ढुक्क भएर आफ्नो करियर निर्माण गर्न सक्नेछन् ।’ ओपनर आशिफ शेखले पनि सम्झौताप्रति खुसी व्यक्त गर्दै भने, ‘यो साझेदारीले वीरगंजको खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनेछ । हामीले यहाँका खेलाडीहरूको प्रतिभा उजागर गर्नका लागि समर्पित भएर काम गर्नेछौँ ।’ ’
एलिट मुभर्स कन्सल्टेन्सीले आगामी दिनमा खेलकुद क्षेत्रलाई थप सहयोग पु¥याउन विभिन्न प्रशिक्षण कार्यक्रम, खेलकुद शिविर, र अन्तर्राष्ट्रिय अवसरहरूको खोजीमा सहकार्य गर्ने योजना अघि सारेको छ । कन्सल्टेन्सीका प्रबन्ध निर्देशक उद्धव बानका अनुसार, “यस सहकार्यले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने प्रयास गरिनेछ ।”
स्मरणीय छ, वीरगञ्जलाई नेपालमा खेलकुदको प्रबन्धकका लागि सम्भावनायुक्त क्षेत्र मानिन्छ । सम्झौताले स्थानीय खेलाडीहरूको आत्मबल वृद्धि गर्नका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलकुदको पहिचान बलियो बनाउन सहयोग पु¥याउने विश्वास गरिएको छ ।