search

spot_img
spot_img

वीरगंजमा राष्ट्रिय प्रतियोगिता भइरहन्छ –पारस खड्का

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ पुस । नेपाल क्रिकेट सङ्घका सचिव एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का वीरगंज आएका छन् । जय ट्रफी मेन्स एलाइट कप क्रिकेट प्रतियोगिताको क्रममा जनकपुर हुँदै सोमवार उनी वीरगंज आइपुगेका हुन् । नारायणी क्रिकेट मैदानमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले वीरगंजको नारायणी क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट प्रतियोगिता फर्किएको र आगामी दिनमा वीरगंजमा राष्ट्रिय क्रिकेट प्रतियोगिता गराउने क्यानको लक्ष्य रहेको बताए । उनले क्यान, पर्साले बनाएको क्रिकेट मैदानको सराहना गरे । उनले पछिल्लो चरणमा नेपालभरि नै क्रिकेटको क्रेज बढेको बताए ।
उनले सन् २०२५ मा नेपालमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने बताउँदै आगामी एक दशकभित्र नेपालका प्रमुख शहरहरूमा भौतिक पूर्वाधारको विकासमा क्यान र नेपाल सरकार अघि बढेको बताए । क्यानका संस्थापक जयकुमार शाहको योगदानको कदर गर्दै क्यानको साधारणसभाबाटै एलिट कपलाई जय ट्रफी नाम दिइएको उनले बताए । उनले क्यानले सेतो जर्सी र रातो बलको मिनी टेस्ट क्रिकेट प्रतियोगिता जय ट्रफीलाई पुनरागमन गराएकोले नेपाली क्रिकेटमा यसले उत्साह बढाएको बताए । उनले खेलमा अनुशासन र मेहनत जरुरी हुने र यसैबाट खेलाडीले सफलताको सिढी उक्लन सक्ने बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads