search

spot_img
spot_img

टेन्डरबाट काम गराउँदा विकास निर्माण कार्य प्रभावित –मुख्यमन्त्री

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ पुस/ मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले चालू आवमा उपभोक्ता समितिमार्फत हुँदै आएको काम टेन्डरबाट मात्र गर्ने निर्णय गरेको कारण विकास निर्माणका कार्यहरू प्रभावित भएको बताएका छन् ।
उपभोक्ता समितिमार्पmत हुँदै आएका निर्माण कार्यहरूमा व्यापक अनियमितता देखिनुका साथै काम आधाअधूरो भएकाले चालू आवदेखि मुख्यमन्त्री सिंहको निर्देशनमा टेन्डरबाट मात्र सबै काम गर्न निर्देशन भएका कारण अहिलेसम्म विकास निर्माणका कार्यले गति लिन नसकेको हो ।
प्रदेश सरकारले छठपछि मात्र आन्तरिक अख्तियारी दिंदै साना योजनाहरू उपभोक्ता समितिमार्फत गराउन निर्देशन दिएको थियो । सो अनुरूपका कामहरू अहिलेसम्म शुरू हुन सकेको छैन । एकजना कर्मचारीले यो अख्तियारी साउन, भदौमैं दिएको भए सहज हुने र अहिले समस्या भएको बताए । प्रदेश सरकार अन्तर्गतका भूमि, जलस्रोत विकास डिभिजन, भौतिक पूर्वाधार कार्यालय, सघन शहरी कार्यालयलगायतका कार्यालयहरूमा करोडौंको बजेट अहिले थन्किएको छ । टेन्डर प्रक्रियाबाट कामको माग हुँदा समयावधि लम्बिएको कर्मचारीहरूको भनाइ छ ।
एकजना कर्मचारीले विगत छ महीनादेखि यी कार्यालयहरूले काम गर्न नसकेको बताए । उनले यस सम्बन्धमा मुख्यमन्त्रीबाट पुनर्विचार गरिनुपर्ने र आगामी वर्षदेखि समयमा बजेट पठाएर टेन्डरबाटै काम गराउनुपर्ने वातावरण बनेको खण्डमा सहज हुने बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads