search

spot_img
spot_img

वीरगंजलाई नमूना शहर बनाउँछु –अध्यक्ष साह

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ पुस/
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले मुलुकमा भ्रष्टाचार, अनियमितता एवं कुशासन बढ्दै गइरहेको आरोप लगाएका छन्। वीरगंजको
बिपी पार्कमा शनिवार आयोजित भ्रष्टाचारविरुद्धको खबरदारीसभामा उनले नेपालमा बढ्दो भ्रष्टाचारको कारक बहालवाला प्रधानमन्त्री केपीशर्मा ओली भएको आरोप लगाए।
उनले ओली नेतृत्वको सरकारले भ्रष्ट कर्मचारी, व्यापारी, नेता, विदेशी दलाललाई संरक्षण दिइरहेको कारण भ्रष्टाचार चरम सीमामा पुगेको र त्यसको प्रभावले आम नेपाली जनता पिरोलिन पुगेको आरोप लगाए। उनले सीमा सुरक्षाका लागि खटेका सशस्त्र तथा जनपद प्रहरीले तस्करहरूलाई संरक्षण दिंदै आएका र आम मानिसलाई दैनिक उपभोगका वस्तुहरू ल्याउने क्रममा दुःख दिने गरेको आरोप लगाए।
उनले तस्करहरूलाई संरक्षण र आम मानिसका घरायसी सामानलाई भन्सार चलान गर्ने कार्य रोक्न आजपा अघि सर्ने बताए। उनले सीमाबाट आउने सबै वस्तुको भन्सार शुल्क लिनुपर्ने र त्यसका लागि भेदभाव हटाउनुपर्ने बताए। उनले वीरगंजबाट उठेको राजस्वबाट वीरगंजको विकास गर्नेतर्फ सरकार इमानदार नदेखिएको आरोप लगाए। यहाँबाट उठ्ने राजस्वको केही अंश यहीको विकासमा खर्च गर्न सरकारले भेदभाव गर्दै आएको अध्यक्ष साहले आरोप लगाए।
उनले पर्सा जिल्लाबाट अहिले तीनजना मन्त्री केन्द्रीय सरकारमा र दुईजना प्रदेश सरकारमा रहेको तर उनीहरूले यहाँको विकासमा खासै ध्यान नदिएको भन्दै जनतालाई उनीहरूसँग यसको हिसाब माग्न सुझाए। उनले वीरगंजको विकासका लागि आजपाले काम गर्ने बताए।
विकासको जिम्मा मलाई दिनुस् वीरगंज कस्तो बन्छ देखाइदिन्छु अध्यक्ष साहले दाबी गरे। उनले आफ्नो चुनावी घोषणापत्रमा पनि वीरगंजको विकासको खाका कोरिएको स्मरण गर्दै नारायणी अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने, ठाराब क्याम्पसलाई विश्वविद्यालयको दर्जा दिलाउने, नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने जस्ता कार्यहरू गरेर देखाउने ठोकुवा पनि गरे।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई...

सम्बन्धित खबर

- Advertisement -neelambads