search

spot_img
spot_img

छोरीज्वाइँको घर जाँदै गरेका वृद्धको बाटोमा मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ पुस ।
छोरीज्वाइँको घर जाने क्रममा आइतवार एकजना वृद्धको बाटोमैं मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा, जीराभवानी गाउँपालिका–३ जीतपुर परसवा बस्ने ६५ वर्षीय जोगी महतो धानुक रहेका छन् ।
आज बिहान १० बजे घरबाट खाना खाएर वीरगंज–२८ बगहीमा छोरी उषा देवी र ज्वाइँ श्रीराम मण्डलको घर जाने क्रममा बिहान ११ः३० बजे वीरगंज–३० लालपर्सा गाउँको चोकभन्दा ५०० मिटर पश्चिम बगही जाने बाटोमा ढलेर उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरी चौकी परवानीपुरका वरिष्ठ प्रहरी नायब निरीक्ष्Fक मेघजन लामाले दिएको सूचना अनुसार बाटोमा एकजना वृद्ध लडेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, पर्साको थप टोली बोलाइ अनुसन्धान गरेर घटनाको विस्तृत विवरण खुलेको उनले बताए । चीसो लागेर हो वा स्वास्थ्यसम्बन्धी अन्य समस्याले मृत्यु भएको हो खुल्न बाँकी रहेको उनले बताए । घटनाको सर्जमिन मुचुल्का गरी शव शल्यपरीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको उनले बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस...

सम्बन्धित खबर

- Advertisement -neelambads