search

सामुदायिक छपकैयाद्वारा स्वेटर तथा टोपी वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ पुस । सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाले वीरगंज महानगरपालिका–२ स्थित ताराचन्द किशनलाल आधारभूत विद्यालयका विद्यार्थीलाई टोपी र स्वेटर वितरण गरेको छ । सोमवार राज होजियारीको सहयोगमा केन्द्रले सो विद्यालयका विद्यार्थीलाई १०० थान स्वेटर र २० थान टोपी वितरण गरेको हो । केन्द्रको अध्यक्ष ग्यासु मियाँ ठकुराईको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं, वीरगंज महानगरपालिका–२ का अध्यक्ष महम्मद रेयाज मियाँ, प्रवीण विक्रम शाह, प्रेम कुमारी सिंह, अब्दुल कैश मियाँ, अजित कुमार भुजेल, शिक्षिका विताकुमारी चौलागाई, नन्दनी गुप्ता, बृज भूषण पाण्डे लगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads