वीरगंज, ३ माघ । नेपाल क्यानद्वारा वीरगंजमा आयोजित जय ट्रफीको फाइनल खेल अन्तर्गत दोस्रो दिनको खेल समाप्त भएको छ । सो अवस्थासम्म नेपाल पुलिस क्लबले पहिलो र दोस्रो पारी गरी ९५ रनको अग्रता बनाएको छ ।
पुलिसले दोस्रो पारी अन्तर्गत नौ विकेटको क्षतिमा १३२ रन बनाएर खेलिरहेको छ । पुलिसका सागर ढकाल, ललित राजवंशी क्रमशः एक र शून्य रनमा खेलिरहेका छन् ।
यस अघि पुलिसले ४६ ओभरमा नौ विकेटको क्षतिमा पारी समाप्तिको घोषणा गर्दा १३३ रन बनाएको थियो । पुलिसको पहिलो पारीमा कुशल भुर्तेलले सर्वाधिक ५१, अर्जुन साउदले २८, अर्जुन श्रेष्ठले २० रन बनाएका थिए भने आर्मीका साहब आलमले सात, वशिर अहमदले दुई र सोमपाल कामीले एक विकेट लिएका थिए । त्रिभुवन आर्मी क्लब पहिलो पारीमा ३९.५ ओभरमा १७० रन बनाइ अलआउट भएको थियो ।
त्यसपछि पुलिसले दोस्रो पारी खेलिरहेको हो । पुलिसको दोस्रो पारीमा कुशल भुर्तेलले ४५, दिलीप नाथले ३४, राशिद खानले १८ रनको योगदान गरेका छन् । पुलिसको दोस्रो पारीमा आर्मीका साहब आलमले दोस्रो दिनको खेल समाप्त हुन्जेलसम्म पाँच र वशिर अहमदले चार विकेट लिएका थिए ।
प्रतियोगिताको दुईटै पारीमा अहिलेसम्म आर्मीका साहब आलमले एउटै खेलमा १२ विकेट लिइसकेका छन् ।
बिहीवारको खेलमा आर्मीले पुलिसको एक विकेट झारेर लक्ष्य हासिल गरी प्रतियोगिताको विजेता बन्ने सोच लिएको छ ।
अहिलेसम्मको अवस्था हेर्दा नेपाल पुलिससँग भइरहेको यो फाइनल भिडन्तमा समग्रमा आर्मीले राम्रो खेल प्रदर्शन गरेको तर खेल समाप्त नहुँदासम्म कसले बाजी मार्न सक्छ भन्ने आकलन गर्न नसक्ने खेलप्रेमीको भनाइ छ ।

Facebook Comments Box