search

प्रतिबन्ध फुकुवा भएपछि सोयाबिन तेलको निर्यात बढ्यो

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ माघ ।
भारत सरकारले सोयाबिन तेल पैठारी फुकुवा गरेपछि नेपालबाट सोयाबिन तेलको निर्यात बढेको छ।
लोकसभा निर्वाचनताका भारत सरकार अन्तर्गतको व्यापार निर्देशनालयले डेढ वर्ष अघि नेपालबाट भारत निर्यात हुँदै आएको सोयाबिन तेलमा प्रतिबन्ध लगाएको थियो। भारत सरकारको प्रतिबन्धका कारण वीरगंज–पथलैया कोरिडोरमा रहेका १५ वटा तेल उद्योगको निर्यात ठप्प भएको थियो।
अहिले दुई महीना अगाडिदेखि भारत सरकारले सोयाबिन तेलको पैठारी फुकुवा गरेपछि नेपालबाट दुई सातादेखि सोयाबिन तेलको निर्यात बढेको छ। एकजना व्यापारीले दुई सातादेखि दैनिक वीरगंज– पथलैया कोरिडोरमा रहेका १५ वटा उद्योगबाट सय टन (पाँच ट्रक) तेल निर्यात भइरहेको बताए। यस औद्योगिक कोरिडोरमा निम्बस, नारायणी रिफाइनरी, अन्नपूर्ण भेजिटेबल, महालक्ष्मी सोलमेट, गणपति, शिवशक्ति, ओसिबी फूड्स एन्ड फिडलगायत १५ वटा तेल उद्योग छन्। यी तेल उद्योगहरूले विदेशबाट कच्चा सोयाबिन तेल ल्याउने र उद्योगमा प्रशोधन गरेर भारत निर्यात गर्दै आएका छन्।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads