search

एनआई कप ः बिपिसी र ज्ञानदा विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज ६ माघ/
वीरगंजको नारायणी क्रिकेट मैदानमा जारी नेशनल इन्फोटेक कप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार दुईवटा खेल सम्पन्न भए। आज भएको पहिलो खेलमा वीरगंज पब्लिक कलेजले नेशनल एकेडेमीलाई आठ विकेट अन्तरले पराजित ग–योे। नेशनल एकेडेमीले दिएको ५९ रनको लक्ष्य बिपिसीले ८.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो।
बिपिसीका इरफान अन्सारीले ३० र अर्शद हुसेनले १८ रन बनाए। नेशनल एकेडेमीका विशाल गुप्ताले दुई विकेट लिए। पहिला ब्याटिङ गरेको नेशनल एकेडेमीले निर्धारित १० ओभरमा चार विकेट गुमाएर ५८ रन बनाएको थियो। नेशनलका लागि आबिद ठकुराइले ३५ र शिवचन्द्र यादवले १३ रन बनाएका थिए।
बिपिसीका जदुवंशी बैठा र एजाज अलीले समान एक/एक विकेट लिए। यस खेलको ‘म्यान अफ दी म्याच’ बिपिसीका इरफान अन्सारी घोषित भए।
यसैगरी, आज भएको दोस्रो खेलमा हेटौंडा स्कूल अफ म्यानेजमेन्टलाई ज्ञानदा स्कूल वीरगंजले पनि आठ विकेट अन्तरले पराजित ग–यो।
पहिला ब्याटिङ गर्दै हेटौंडाले सबै विकेट गुमाएर ६२ रन बनाएको थियो। ६३ रनको विजयी लक्ष्यलाई ज्ञानदाले ११.४ बलमा दुई विकेटको क्षतिमा पूरा गरी जीत हासिल गरेको थियो। यस खेलमा ज्ञानदाका मुन्ना यादव ‘म्यान अफ दी म्याच’ घोषित भए।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads