search

spot_img
spot_img

राजनीतिमा अवसर नपाएका दीनानाथ व्यवसायिक कृषिकर्ममा रमाउँदै

पढ्न छुटाउनुभयो ?

पर्साको पकहाँमैनपुर गाउँपालिका– २ मानिकपुरका दीनानाथ साह उमेरले ६७ वसन्त पार गरिसक्नुभयो । तर, उहाँको माछापालन र कृषिखेतितर्फको मोह भने लोभलाग्दो छ । १४ वर्षको उमेरदेखि राजनीति होमिनुभएका साह अहिले भने पर्सा जिल्लाकै व्यवसायिक माछापालन कृषकको रुपमा नयाँ पहिचान बनाउनुभएको छ ।

अहिले साहले एक्लैले सञ्चालन गर्दै दिपेन्द्र माछापालन उद्योगबाट वार्षिक दुई सय क्विन्टल माछा उत्पादन गरेर रु ५० लाख बराबरको माछाको कारोबार गर्दै आइरहनुभएको छ । उहाँले व्यवसायिक कृषकको रुपमा नयाँ पहिचान भने दुई दशकदेखि पाउनुभएको हो ।

‘‘राजनीतिलाई कमाइ खाने भाँडो बनाउनुहुदैंन भन्ने भावनाबाट प्रभावित भएर नै व्यवसायिक माछापालन तथा कृषि फार्म सञ्चालन गर्दै आइरहेको छु,’’ कृषक साहले भन्नुभयो,‘‘राजनीतिमा लामो त्याग र समर्पण गरेपनि अवसर नपाएसँगै व्यवसायिक कृषिमा रमाउँदै आइरहेको छु ।’’

चौध वर्षे उमेरदेखी नेपाली कांग्रेस पार्टीबाट सक्रिय राजनीतिमा लागेपनि उहाँले अहिलेसम्म कुनै पनि उच्च तहको राजनीतिक ओहादामा नपुगेको गुनासो गर्नुहुन्छ ।

‘‘मैले जीवनभर नेपाली कांग्रेसबाट राजनीति गरे । तर,अहिलेसम्म एउटा पनि निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवसर पाएको छैन,’’ उहाँले भन्नुभयो, ‘‘अहिले राजनीतिमा राम्रो काम गर्नेभन्दा नराम्रो काम गर्नेको जमात बढेकाले पनि हामी जस्ता सोझासिधाले अवसर पाउन सकिरहेका छैनन् । मेरो मनमा अझै पनि एक पटक चुनाव लडेर जनताको सेवा गर्ने अठोट भने कायमै छ ।’’

यद्यपी साह २०५६÷५७ ताका नेपाली कांग्रेस पर्सा जिल्लाको उपसभापतिमा मनोनित हुनुभएको थियो । अहिले साहले पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर २ मानिपुरस्थित पाँच विघा माछा पोखरी भाडामा र आफ्नो तीन विद्या क्षेत्रफलको जग्गामा माछापालन तथा दीनानाथ एकीकृत कृषि फार्ममार्फत गाईभैसी तथा अन्य व्यवसायिक खेति गर्दै आइरहनुभएको छ ।

कृषक साहले गत वर्षदेखि ५० लाख रुपैयाँ कृषि विकास बैंकबाट कर्जा लिएर पाँच विघा क्षेत्रफलको पोखरीमा व्यवसायिक माछा पालन गर्दै आइरहेको सुनाउनुहुन्छ । ‘‘ गत वर्ष कृषि विकास बैंकबाट पाँच वर्षका लागि ५० लाख ऋण लिएर व्यवसायिक रुपमा माछा पालन गर्दै आइरहेको छु,’’ उहाँले भन्नुभयो,‘‘बैंकको किस्तासहित अन्य सबै खर्च कटाएर वार्षिक आठदेखि १० लाख रुपैयाँ आम्दानी भइरहेको छ ।’’

साहले सञ्चालन गरेको माछापोखरीमा रोहु,नैनी, भाकुर,सिल्भर कार्प, ग्रास कार्प,कमन कार्प लगायतका माछाका प्रजाती रहेका छन् । ‘‘पाँच बिघा क्षेत्रफलमा भएको माछा पोखरी पाँच वर्षका लागि ६३ लाख रुपैयाँमा भाडामा लिएर माछा पालन गर्दै आइरहेको छु,’’ उहाँले भन्नुभयो,‘‘व्यवसायिक रुपमा माछा पालन गरेपनि कतैबाट पनि कुनै अनुदान तथा सहयोग पाएको छैन ।’’

कृषक साहले पाँच विघाको पोखरीमा बाहेक आफ्नो नीजी तीन बिघा क्षेत्रफलको जग्गामा तीन वटा माछापोखरी,गाईभैसी फार्म तथा अन्य तरकारी तथा फलफूलको पनि व्यवसायिक खेति गर्दै आइरहनुभएको छ ।

साहले अहिले अहिले पाँच जनालाई नियमितरुपमा रोजगारी दिदैँ आइरहेको बताउनुभयो । ‘‘सिजनमा त आवश्यकता अनुसार ज्यालादारीमा कामदार ल्याएर काम गराउँदै आइरहेको छु,’’ उहाँले भन्नुभयो,‘‘कम्तिमा आफ्नै पौरखले काम गर्दा पनि आत्मसन्तुष्टि भने धेरै पाइने रैछ ।’’

कृषक साहले माछाको दानाको भाउ बढेपनि माछाको मूल्य भने समयानुकूुल नभएको दावी गर्नुहुन्छ । ‘‘माछाले खाने दाउको भाउ भने बढेको बढ्यै छ । तर, के गर्नु माछाको भाउ भने बढ्नै सकेको छैन,’’ उहाँले भन्नुभयो,‘‘माछापालन सम्बन्धित प्राविधिक र अन्य ज्ञान नहुँदा पनि अपेक्षाकृत रुपमा लाभ लिन सकिरहेका छैनौं ।’’

साहको फार्मबाट उत्पादन भएको माछाको प्रजाति हेरेर प्रति किलो दुई सय ५० देखि तीन सय ५० रुपैयाँसम्म बिक्री वितरण हुने गर्छ । ‘‘हाम्रो माछाको ग्राहक खोज्दै हिँड्नुपर्ने अवस्था त छैन । तर,कहिल्यै पनि माछाको उचित मूल्य भने प्राप्त गर्न सकेका छैनौं,’’ उहाँले भन्नुभयो,‘‘ माछा सुक्छ भनेर पाँच किलो माछा खरिद गर्नेका लागि साढे छ किलो माछा दिनुपर्ने बाध्यता छ ।’’ कृषक साहले व्यवसायिक माछा पालन गरेपनि कुनै पनि निकायबाट आर्थिक र प्राविधिक सहायता नपाएकोमा भने दुखेसो पोख्नुहुन्छ । ‘‘पछिल्लो समय माछाको औषधीको र भुराको पनि उस्तै समस्या रहेको छ ।’’ उहाँले भन्नुभयो ।

गर्मी मौसममा माछा धेरै निस्कन्छ भने जाडोयाममा भने निकै कम मात्रामा उत्पादन हुने गर्छ । साहले सञ्चालन गरेको माछापोखरीबाट बाह्रैमहिना माछा निस्कने गर्छ । चैतदेखि साउनसम्मको अवधीमा सवैभन्दा धेरै माछा निस्कने गर्छ । जाडोयाममा भने कम मात्रामा माछा उत्पादन हुने गर्छ । माछा पालन गरेरै आफ्नो छोरालाई काठमाडौंमा स्नातकोत्तरसम्म अध्ययन गराएको सगौरव बताउनुहुन्छ । कृषक साहले राजनीति क्षेत्रमा विकृति र विसंगति भित्राउनुभन्दा कुषि पेशा गरेर आफ्नो स्वाभिमान उच्च भएको बताउनहुुन्छ । ‘‘आफ्नै गाउँघरकै माटोसँग रमाउन पाइरहेको छु,’’ उहाँले भन्नुभयो,‘‘कृषि कर्मका ज्ञान सीप र नयाँ प्रविधिलाई अन्य कृषकलाई बाड्दै आइरहेको छु । यो भन्दा ठूलो सन्तुष्टी के नै हुन्छ ! ’’ रासस

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads