search

गाँजासहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ माघ ।
इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरीले छ किलो गाँजासहित एकजनालाई मंगलवार पक्राउ गरेको छ ।
मनहरी गाउँपालिका वडा नम्बर ९ मगरटोल सडकमा शंकास्पद रूपले हिंडिरहेका वडा नम्बर ९ मगरटोल बस्ने वर्ष ५४ को दुर्गा बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको खानतलासी गर्दा निजले बोकेको झोलाभित्र लुकाई छिपाई गरी ल्याइएको अवस्थामा अबैध लागु औषध गाँजा ६ किलो एवं एक थान मोबाइल फेला परेको हो । पक्राउ परेका मोक्तानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीद्वारा जानकारी गराईएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads