search

एनआई कप क्रिकेटः आयोजक र बिपिसी विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज , ९ माघ/ वीरगंजको नारायणी क्रिकेट मैदानमा जारी नेशनल इन्फोटेक कपमा बुधवार पनि दुई खेल सम्पन्न भए ।
पहिलो खेल आयोजक एनआई र डेसिमल कलेजबीच भएकोमा एनआईले ४९ रन अन्तरको जित निकाल्यो । पहिला ब्याटिङ गर्दै १३ ओभरमा सात विकेटको क्षतिमा एनआईले १२० रन बनाएको थियो । १२१ रनको विजयी लक्ष्य लिएर ब्याटिङ गरेको डेसिमल कलेजले १३ ओभरमा सात विकेट गुमाएर ७१ रनमा सीमित भयो । यस खेलको उत्कृष्ट खेलाडी एनआईका सलमान मन्सुरी घोषित भए ।
यसैगरी, दोस्रो खेलमा बिपिसीले बिपिसिएललाई ११३ रनको भारी अन्तरले पराजित ग¥यो । बिपिसीले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१८ रन बनायो । जवाफी ब्याटिङ गरेको वीरगंज कलेज प्रालिले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १०५ रनमा सीमित भयो । यस खेलमा बिपिसीका यदुवंशी बैठा उत्कृष्ट घोषित भए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads