search

बहुदरमाईका जनप्रतिनिधिलाई सदबुद्धि आओस् भन्दै जानकीमातालाई ज्ञापन

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ माघ । नेपाल शिक्षक महासंघ पर्साले आइतवार जनकपुरस्थित माता जानकीलाई ज्ञापन पत्र बुझाएको छ । पर्साको बहुदरमाई नगरपालिका स्थित सम्पूर्ण विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विगत ८ महिना देखिको तलब भत्ता र विद्यालय सञ्चालन खर्च समेत नदिई सिङ्गो शैक्षिक जगतलाई तहस नहस गरेकोमा पीडित शिक्षकहरूको तलब भत्ता निकासा लगायतका सम्पूर्ण कार्यहरू सूचारू गर्न जानकी माताले बहुदरमाईका जनप्रतिनिधिहरूलाई सदबुद्धि दिउन भनी कामना सहितको ज्ञापन पत्र मन्दिर परिसरमै पुगि शिक्षक महासंघ पर्साको टोलीले बुझाएको छ । महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवको नेतृत्वमा गएको शिक्षकहरूको समूह ज्ञापन पत्र बुझाएपछि कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले बहुदरमाईको यो समस्या सरोकारवाला सम्पूर्ण निकायलाई अवगत गराउदा समेत कुनै प्रभाव नपरेको निरासाजनक अनुभुतिका साथ माताले वहाँ हरूलाई सदबुद्धी दिनुहुनेछ भने विश्वासका साथ माता जानकी समक्ष ज्ञापन पत्र लिएर आएको बताउनुभयो । कार्यक्रममा महासंघ पर्साका पदाधिकारीहरू लगायत पर्सेली शिक्षकहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads