search

spot_img
spot_img

ग्लोबलले उचाल्यो एनआई कप ट्रफी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ माघ । ग्लोबल बिजनेश कलेज, वीरगंज एनआई कपको विजेता बनेको छ । वीरगंजको नारायणी क्रिकेट मैदानमा बिहीवार सम्पन्न फाइनल खेलमा आठ रन अन्तरले ज्ञानदा एकेडेमीलाई पराजित गर्दै एनआई कपको चौथो विजेता घोषित भएको छ ।
ग्लोबलले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा जम्मा ८९ रन बनाएको थियो । जसमा ग्लोबलका आदर्श भण्डारीको ४५ बलमा ४३ रनको अविजित पारी खेले भने सुगम बरालको ११ रनको योगदान दिए । ज्ञानदाका बलर आफताब आलम र गुड्डु यादवले समान दुई/दुई विकेट लिएका थिए ।
९० रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले मध्यक्रमका ब्याटरहरू चल्न नसक्दा उक्त लक्ष्य भेटाउन सकेन । ज्ञानदा २० ओभर खेल्दै नौ विकेटको क्षतिमा मात्र ८१ रनमा सीमित रह्यो । जसमा ज्ञानदाका गुड्डुले १५, मुन्ना यादवले १४ रन बनाएका थिए भने ग्लोबलका नीरज राय र कर्णबहादुर विकले दुई/दुई विकेट लिएका थिए ।
एनआईले आयोजना गरेको चौथो संस्करणमा विजेता बनेको ग्लोबल बिजनेशले प्रतियोगिताका सबै खेल जितेको थियो । यस अघि सत्यम कलेजले एउटा उपाधि र आयोजक एनआई कलेजले दुईवटा उपाधि जित्दा प्रतियोगिता अन्तर्गतका सम्पूर्ण खेल जितेका थिए ।
फाइनल खेलको उत्कृष्ट खेलाडी ग्लोबलका आदर्श भण्डारी घोषित भए । यसैगरी, यो प्रतियोगिताको इमर्जिङ प्लेयरमा सेन्ट जेभियर्सका इमरान अन्सारी, बेस्ट बलर ज्ञानदाका कन्हैया कुमार, बेस्ट ब्याट्सम्यान प्रतियोगिताभरि एकमात्र शतक हान्न सफल ग्लोबलका रवीन्द्र कुँवर घोषित भए । उनले ११२ रन बनाएका थिए ।
प्रतियोगिताभरिमा ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द टुर्नामेन्ट’को पुरस्कार ग्लोबलका कर्णबहादुर विक घोषित भए । उनले प्रतियोगिताभरि छवटा खेलमा ७२ रन र १० विकेट लिएका थिए ।
विजेता र उपविजेता टोलीलाई नगरप्रमुख राजेशमान सिंह, क्यान, पर्साका पूर्वअध्यक्ष दाउद अन्सारी, प्रहरी उपरीक्षक गौतम मिश्रलगायतले शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरेका थिए । विजयी, उपविजयी खेलाडी तथा उत्कृष्ट खेलाडीहरूलाई क्रिकेट सामग्री प्रदान गरिएको थियो ।
एनआई कलेज तथा क्यान, पर्साका अध्यक्ष मनीष सिंहको अध्यक्षता भएको समापन समारोहमा ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कोइराला, ग्लोबलका अशोक साह, ओमप्रकाश श्रेष्ठ, डा अशोक दास, क्यान, पर्साका सचिव घनश्याम गुप्तालगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण क्यान, पर्साका अमित आलोकले गरेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads