चैनपुर प्रिमियर लिग शुरु, इगलको विजयी शुरुआत

प्रस, परवानीपुर, १९ माघ/ बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरमा आजदेखि चैनपुर प्रिमियर लिग शुरु भएको छ । एउटै वडाको चारवटा टोलका दर्जनौं खेलाडीलाई मिलाएर छवटा टीम बनाई यो प्रतियोगिता भइरहेको हो । एउटाको उदघाटन परवानीपुर गापाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले गरे । प्रतियोगिताको पहिलो खेल चैनपुर क्यापिटल र चैनपुर इगलबीच भएको थियो । जसमा चैनपुर इगलले नौं […]

चौथो परवानीपुर गोल्डकप माघ २६ गतेदेखि

प्रस, परवानीपुर, १९ माघ/ चौथो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता यही माघ २६ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने भएको छ । परवानीपुर युथ क्लबको आयोजना र शक्ति युवा स्पोर्टस् क्लब परवानीपुरको सहआयोजनामा उक्त प्रतियोगिता परवानीपुर खेल मैदानमा आयोजना हुने शनिवार पत्रकार सम्मेलन जानकारी गराइएको छ । प्रतियोगितामा मधेस प्रदेशका छ र बागमती प्रदेशका दुई गरी […]

बाराको फेटा गापामा निःशुल्क स्वास्थ्य शिविर

वीरगंज, १९ माघ । वीरगंज आँखा तथा दाँत अस्पताल तथा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको आयोजनामा शनिवार फेटा गाउँपालिका वार्ड–३ को स्वास्थ चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । फेटा गाउँपालिकाको सहजीकरणमा भएको शिविरमा २३७ जनाले निःशुल्क सेवा लिएका थिए । शिविरमा ७३ जनामा मोतियाबिन्दु भेटिएको र उनीहरुको वीरगंज आँखा तथा दाँत अस्पतालमा निःशुल्क […]

शिवशक्ति कोटी होम महायज्ञको बृहत शोभा यात्रा

वीरगंज, १९ माघ विश्रामपुर गाउँपालिका–५ इटियाहीमा माघ २३ गतेदेखि हुने श्री शिवशक्ति कोटी होम महायज्ञको प्रचारप्रसारका लागि शनिवार बृहत शोभा यात्रा निकालिएको छ । शोभा यात्रा महायज्ञ स्थलबाट शुरू भई वीरगंज मुख्य बजारसम्म पुगेर पुनः महायज्ञ स्थलमा फर्किएको थियो। हजारौं श्रद्धालु भक्तजनहरूको सहभागीतामा सम्पन्न यो शोभा यात्राले धार्मिक माहोललाई थप उत्साहपूर्ण बनाएको थियो। शोभा यात्रामा […]

जीएचपी माविको ३१औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

वीरगंज,१९माघ जीएचपी माध्यमिक विद्यालयले आफ्नो ३१औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले शनिबार आफ्नै परिसरमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो। विद्यालयकी प्रधानाध्यापक रोमिन्दर कौरका अनुसार, कार्यक्रममा विद्यालयका १ हजार ५ सय भन्दा बढी विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधिमा सहभागीता जनाएका थिए भने करिब ३ हजार अभिभावक तथा अतिथिहरू उपस्थित भएका […]

बुद्धिजीवी परिषद्को अध्यक्षमा श्याम गुप्ता निर्वाचित

परवानीपुर,१९ माघ / नेपाल बुद्धिजीवी परिषद् पर्साको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट श्याम गुप्ता सर्वसम्मतिले जिल्ला अध्यक्षमा चयन भएका छन् । अधिवेशनले जिल्ला समितिको नेतृत्व चयन गर्दै सङ्गठनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । परिषद्ले स्थानीय बुद्धिजीवी वर्गलाई एकताबद्ध गर्दै सामाजिक, शैक्षिक तथा बौद्धिक विकासका गतिविधिहरूलाई अघि बढाउने लक्ष्य लिएको […]

सामुदायिक खानेपानी प्रणाली माथि लाग्दै आएको कर खारेज गछौँ : मन्त्री यादव

काठमाडौँ, १९ माघ : खानेपानीमन्त्री प्रदीप यादवले जनताको पानी सरकारको लगानी अवधारणा अन्तरगत सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेज गरिने बताउनु भएको छ । आज चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गास्थित नागढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारण सभा, योजना विवरण पदार्पण तथा सहयोगी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताउनुभएको हो […]