search

spot_img
spot_img

चौथो परवानीपुर गोल्डकप माघ २६ गतेदेखि

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

प्रस, परवानीपुर, १९ माघ/
चौथो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता यही माघ २६ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने भएको छ ।
परवानीपुर युथ क्लबको आयोजना र शक्ति युवा स्पोर्टस् क्लब परवानीपुरको सहआयोजनामा उक्त प्रतियोगिता परवानीपुर खेल मैदानमा आयोजना हुने शनिवार पत्रकार सम्मेलन जानकारी गराइएको छ । प्रतियोगितामा मधेस प्रदेशका छ र बागमती प्रदेशका दुई गरी आठवटा टीमको सहभागिता रहेको छ ।
मधेस प्रदेशका छ टीममा वीरगंज युनाइटेड क्लब, शक्ति युवा क्लब वीरगंज–२१ परवानीपुर, नवजनजानगृति युवा क्लब सिमरा, बारा, बेंगखाडी युवा क्लब महोत्तरी, जनकपुर स्पोर्टस, क्लब धनुषा, रोमन फूटबल क्लब सर्लाही, बागमती प्रदेशका हेटौंडा फूटबल एकेडेमी मकवानपुर, चितवनको केभिए ग्लोबल भरतपुर फूटबल क्लब रहेका छन् । प्रतियोगिताका बिजेताका नगद रु तीन लाख एक हजार र उपबिजेताले नगद रु एक लाख ५१ हजार प्राप्त गर्ने आयोजक क्लबका सचिव धु्रव मण्डलले जानकारी गराए ।
प्रतियोगिता आयोजना गर्न करीब २० लाख ५० हजारको खर्च स्टिमेट गरिएकोमा उक्त रकम परवानीपुर गापा र वीरगंज महानगरपालिका र अन्य दाताहरुबाट सहयोग संकलन गरी आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
परवानीपुर युथ क्लबका अध्यक्ष अलि अख्तरको अध्यक्षता एवं पत्रकार अनिल गौरवको सहजीकरणमा सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख अतिथि वीरगंज–२१ लिपनीबिर्ताका वडाध्यक्ष राधाकृष्णप्रसाद साह रौनियार, आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष अनिल श्रीवास्तव, क्लबका पदाधिकारी कृष्णा यादव, त्रिलोकी कुशवाहालगायतको सहभागिता थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

विद्यालयको गौरव र अनुशासनको पहिचान बन्नुहोस् -प्रहरी निरीक्षक चौलागाई

वीरगञ्ज २८ साउन । मदरल्यान्ड स्कुलमा आज विशेष समारोहका बीच कक्षा मनिटर, हेड ब्वाज...

सम्बन्धित खबर

- Advertisement -neelambads