search

जीएचपी माविको ३१औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज,१९माघ जीएचपी माध्यमिक विद्यालयले आफ्नो ३१औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले शनिबार आफ्नै परिसरमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो।
विद्यालयकी प्रधानाध्यापक रोमिन्दर कौरका अनुसार, कार्यक्रममा विद्यालयका १ हजार ५ सय भन्दा बढी विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधिमा सहभागीता जनाएका थिए भने करिब ३ हजार अभिभावक तथा अतिथिहरू उपस्थित भएका थिए। कार्यक्रमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह प्रमुख अतिथि रहेका थिए। त्यसैगरी, कार्यक्रमलाई विशेष गरिमा दिन मधेस विश्वविद्यालयका उपकुलपति दीपक साख्य, परीक्षा विभाग प्रमुख गोपाल शाह, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, परवानीपुर गाउँपालिकाका अध्यक्ष राम शास्त्री प्रसाद कुर्मी, जिल्ला शिक्षा अधिकारी मोतीप्रसाद भट्टराई, प्रसौनी गाउँपालिकाका प्रमुख विनोद प्रसाद जैसवाल, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तिया, सखुवा प्रसौनीका प्रमुख यशवन्त यादवलगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
वार्षिकोत्सव अवसरमा विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन, नाटक लगायतका मनोरञ्जनात्मक एवं सचेतनामूलक प्रस्तुतिहरू दिएका थिए। विद्यार्थीहरूले सामाजिक विषयवस्तुमा आधारित नाटक र सांस्कृतिक कार्यक्रममार्फत विभिन्न सन्देशसमेत दिएका थिए। विद्यालय प्रशासनका अनुसार, विद्यार्थीहरू पछिल्लो एक महिनादेखि निरन्तर तयारीमा जुटेका थिए।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads