search

बाराको फेटा गापामा निःशुल्क स्वास्थ्य शिविर

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ माघ । वीरगंज आँखा तथा दाँत अस्पताल तथा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको आयोजनामा शनिवार फेटा गाउँपालिका वार्ड–३ को स्वास्थ चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । फेटा गाउँपालिकाको सहजीकरणमा भएको शिविरमा २३७ जनाले निःशुल्क सेवा लिएका थिए । शिविरमा ७३ जनामा मोतियाबिन्दु भेटिएको र उनीहरुको वीरगंज आँखा तथा दाँत अस्पतालमा निःशुल्क सल्यक्रिया गरिने तथा अस्पतालसम्म जानलाई निःशुल्क यातायातको व्यवस्था भएको अस्पतालको व्यवस्थापक आसीफ अलिले जानकारी दिनुभयो । शिविरमा आवश्यक परेको बिरामीलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो । कार्यक्रममा फेटा गाउँपालिकाका अध्यक्ष, अस्पतालकाा मेडिकल डाइरेक्टर डा चन्दन बनर्जी, रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका प्रेसिडेन्टलगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

मधेश प्रदेश सभाका पाँच सांसद पद मुक्त 

वीरगंज कात्तिक २७ — मधेश प्रदेशसभाले पाँच जना सांसदको पद रिक्त घोषणा गरेको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी...

सम्बन्धित खबर

- Advertisement -neelambads