बाराको शान्ति सुरक्षा प्रभावकारी बनाउने– एसपी तामाङ

बारा, २२ माघ । जिल्ला प्रहरी कार्यालय, बारामा सरुवा भई आएका प्रहरी उपरीक्षक सन्तोष तामाङले जिलामा शान्ति सुरक्षा प्रभावकारी बनाउने बताएका छन् । मंगलवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अपराध र तस्करी नियन्त्रण पहिलो प्राथमिकतामा रहेको बताए । २१ वर्षअघि प्रहरी निरीक्षक भई बारामा सेवा दिएको बताउँदै उनले प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पाएकोमा खुशी व्यक्त […]

पर्सामा एचपीभी खोप अभियान शुरू

वीरगंज, २२ माघ । विश्व क्यान्सर दिवसको अवसरमा पर्सा जिल्लामा मंगलवारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियान शुरू भएको छ । अभियानको औपचारिक शुभारम्भ वीरगंज महानगरपालिका–१४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयमा अभियान शुरु गरिएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन प्रसाद सोनारले […]