जीर्ण विद्यालय भवन आफैं भत्कियो

वीरगंज, २३ माघ । पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–२ स्थित चेरगाहमा रहेको नवगावा माविको ३१ वर्ष पुरानो विद्यालय भवन भत्किएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले २०५१ सालमा निर्माण गरेको चार कोठे विद्यालय भवन मर्मतसम्भार नभएर जीर्ण अवस्थामा थियो । निर्माण कार्य आधा अधूरा रहेको सो चार कोठे भवनमा झ्याल, ढोका जडान गरिएको थिएन भने प्लास्टर […]

ईरिक्शा चालकद्वारा ट्राफिकलाई ज्ञापन

वीरगंज, २३ माघ । पर्सा जिल्लाका ईरिक्शा चालकहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सामा ज्ञापन दिंदै बारा जिल्लाका ईरिक्शाहरूलाई पर्सामा अनधिकृत प्रवेशमा रोक लगाउन माग गरेका छन् । पर्साका ईरिक्शाहरूलाई बारा जिल्ला प्रवेशमा रोक लगाइएको र यात्रुहरूसहित बारा जिल्ला प्रवेश गर्दा प्रसौनी अघि जान नदिने गरेको तर त्यहाँका ईरिक्शाहरू भने निर्बाधरूपमा पर्साका विभिन्न स्थानहरूमा प्रवेश गरिरहेकाले […]

मामाघर आएका अंश छ दिनदेखि बेपत्ता

वीरगंज, २३ माघ । जीतपुरसिमरा उपमहानगरपालिका–७ शान्तिटोलबाट तीन वर्षीय बालक छ दिनदेखि बेपत्ता छन् । रौतहट जिल्ला दुर्गाभगवती गाउँपालिका–१ भङ्गाहापिप्रा निवासी रितेश चौधरीका छोरा अंश चौधरी यही माघ १७ गते बिहीवार बिहान साढे नौ बजेदेखि बेपत्ता भएका हुन् । विद्यालय जाने बालबालिकाहरूसँगै उनी घरबाट बाहिरिएको र जीतपुर बजारसम्म पुगेको सिसिटिभी फुटेजबाट देखिएको छ । बिहान […]

स्रोत खुलाउन नसकेको ६४ लाख मूल्य बराबरको सामान नियन्त्रण

वीरगंज, २३ माघ । बारा प्रहरीले स्रोत खुलाउन नसकेको ६४ लाख २२ हजार बराबरको सामानसहित ट्रक र पिकअप नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजले गएराति बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंज चौकमा प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाडौ जाँदै गरेको ना ६ ख ८३०५ नं. को ट्रक चेकजाँच गर्दा […]

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बुधवार बिहान ७ः४० बजे प्रहरी कार्यालय कार्यालय, प्रसौनीका प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्रसौनी गाउँपालिका वडा नं. २ स्थित बजारटोलबाट भलुहीतर्फ पैदल जादै गरेका तीनजनालाई चेकजाँच गर्दा उनीहरुले कम्मरमा सेतो प्लाष्टिकमा […]