search

spot_img
spot_img

मुख्यमन्त्री सिँहद्वारा मध्यरातमा कमला खोला अनुगमन, नदी दोहन गर्नेहरूको भागाभाग

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, २४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ स्थित पोर्ताहा क्षेत्रमा बुधबार मध्यरातमा छापामारी गरेका छन् । नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेशको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको चिन्ताका बीच प्रदेश सरकार प्रमुख तहबाट त्यसविरुद्ध छापामारी भएको यो पहिलो पटक हो । राष्ट्रिय वनक्षेत्र र सामुदायिक वन क्षेत्रमा रहेका खोलाबाट अवैध तथा अनुचित तवरमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भइरहेको तथा अन्य ठाउँमा अनाधिकृत रूपले नदीजन्य पदार्थको दोहन भइरहेको खबर प्राप्त भएपछि मुख्यमन्त्री सिँह जिल्लाका सुरक्षा अधिकारीहरूसहित बुधबार राति १२ बजेदेखि ३ बजेसम्म त्यस क्षेत्रमा छापामारी गरेका हुन् । धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बरुण सिँहले मुख्यमन्त्री सिँहको अगुवाइमा भएको छापामारीक्रममा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका १३ टयाक्टर, दुईवटा बकेट र पाँच जना चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए । मुख्यमन्त्री सिँहसहितको टोली पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ वनक्षेत्रभित्रको खोलामा मध्यरात पुग्दा दोहन गरिरहेका स्काइभेटर, टयाक्टर र बकेट तथा त्यसमा संलग्न व्यक्तिहरू अँध्यारोको लाभ उठाइ ठाउँठाउँमा बनाइएका बाटा हुँदै फरार भएका थिए । यद्यपि खोलाको उत्खनन् स्थलबाट दक्षिणतर्फ आउँदै गरेका ट्याकटर, बकेट र चालक नियन्त्रणमा परेका हुन् । मुख्यमन्त्री सिँहले विधि, प्रक्रिया र मापदण्डविपरीत प्राकृतिक स्रोतको उत्खनन् तथा जथाभाबी दोहनबाट राज्यको सम्पत्ति हानीनोक्सानी भएको तथा विपत् निम्तिँदै आएकाले त्यसविरुद्ध आफूले अनुगमन गरेको बताए । उनले राजमार्गभन्दा उत्तर र दक्षिणपट्टि कमला खोलालगायत अन्य नदीबाट अनाधिकृत ढङ्गले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भइरहेको गुनासा आएपछि मध्यरातमा अनुगमन गरेको प्रस्ट्याए । राष्ट्रिय वनक्षेत्र र सामुदायिक वनक्षेत्रस्थित खोला तथा टेन्डर नलागेका खोलाबाट राति १० बजेदेखि बिहान ४ बजेसम्म ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् हुने गरेको जानकारी मुख्यमन्त्री सिँहलाई प्राप्त भएको थियो । डिभिजन वन कार्यालय धनुषासँग सशस्त्र जनशक्ति अभाव, प्रहरी सुरक्षाकर्मीहरूको सहयोगमा कमी आदि कारणले ठूलो स्तरमा नियन्त्रणात्मक अभियान सञ्चालन नहुँदा स्काभेटर, बकेट आदि उपकरण प्रयोग गरी सयौँको सँख्यामा ट्याक्टरबाट नदीजन्य पदार्थको अवैध ओसारपसार हुने गरेको बताइएको छ । मुख्यमन्त्रीको अनुगमन टोलीमा सम्मिलित धनुषाका प्रहरी प्रमुख एवम् उपरीक्षक भुवनेश्वर तिवारीले प्राकृतिक साधनस्रोतको अनाधिकृत दोहन गरेर गलत तरिकाले पैसा कमाउने प्रवृत्ति बढेको भन्दै यसविरुद्ध कडाइका साथ प्रहरी परिचालन हुने बताए । उनले यस विषयमा आफूसमेत सदस्य रहेको जिल्ला अनुगमन समितिको बैठक बस्ने र अवैध तथा अनाधिकृत दोहन रोक्न आवश्यक थप कदम चालिने उल्लेख गरे । यसअघि डिभिजन वन कार्यालय धनुषाले गणेशमान नगरपालिका वडा नम्बर ७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग लगायतका स्थानीय क्रसर उद्योगीद्वारा पचासौँ ट्याक्टर परिचालन गरी रातबिरातको समयमा खोलाबाट जथाभाबी नदीजन्य पदार्थ दोहन गरिरहेको जनगुनासोपछि कानुनअनुसार मात्र नदीजन्य पदार्थ उत्खनन् व्यवस्थापन गराउन जिल्ला समन्वय समिति धनुषालाई आग्रह गरेको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

लोकतान्त्रिक खेलकुद संघ पर्साको अध्यक्षमा असेश्वर पटेल 

वीरगंज, १८ साउन । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ पर्साको अध्यक्षा असेश्वर पटेल सर्वसम्मत चयन भएका छन्...

सम्बन्धित खबर

- Advertisement -neelambads