search

spot_img
spot_img

कर्मचारीको पक्षमा ऐन कार्यान्वयनमा आउने– मन्त्री गुप्ता

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ माघ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियनको अधिकारसहित समयसापेक्ष रूपमा कर्मचारीको पक्षमा ऐन कार्यान्वयनमा आउने बताउनुभएको छ । बिहीवार नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको १२औँं जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु संसद् अधिवेशनबाट पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आउने जानकारी गराउनुभयो । उनले अधिवेशनबाट उक्त ऐन जारी हुनेमा विश्वस्त भन्नुहुंदै चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी हुनेछ, “ट्रेड युनियनको अधिकारसहित समयसापेक्ष रूपमा कर्मचारीको पक्षमा ऐन कार्यान्वयनमा आउने छ,” उहाँले भन्नुभयो । आफ्नो कार्यकालमा संघीय निजामती सेवासम्बन्धी विधेयक स्वीकृत भएर कानुनी रूप लिने दाबी गर्नुभयो । उक्त विधेयकमा परेका एक हजार पाँच सय ८३ संशोधनका प्रस्तावबाट स्वीकृत भएर विभिन्न निजामती कर्मचारीका संघसङ्गठन, ट्रेड युनियन र लोकसेवा आयोगलगायत सरोकार भएका निकायसँग छलफल गरी अन्तिम चरणमा पुगेको छ”, मन्त्री गुप्ताले भन्नुभयो, “प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयकको दफावार छलफल गरिरहेको छ । समितिको पहिलो बैठकबाट विधेयकको तीन वटा दफा सर्वसहमत रूपमा स्वीकृत पनि गरिसकेका छौंँ ।” मन्त्री गुप्ताले संघीय निजामती सेवा ऐनमा ट्रेड युनियनको अधिकारलाई पनि उच्च प्रथामिकतामा राख्न लागिएको जानकारी दिँदै राष्ट्रसेवक कर्मचारी स्थायी सरकार रहेकाले कर्मचारीको हकहित र सुरक्षाका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads