search

spot_img
spot_img

चैनपुर प्रिमियर लिगः आरसिसी र आरडब्लु विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ माघ । बारा, परवानीपुर गाउँपालिका–४ को आर्थिक सहयोगमा आयोजना भइरहेको चैनपुर प्रिमियर लिगमा बिहीवार दुईवटा खेल सम्पन्न भएका छन् । केही दिनदेखि जारी सो प्रतियोगितामा अहिले लिग चरणका खेलहरूरु भइरहेका छन् । डिपिएस स्कूलको उत्तरपट्टिको खेलमैदानमा बुधवार सम्पन्न पहिलो खेल बिर्ता राइडर र रोयल च्यालेन्जर चैनपुरबीच भएको थियो । जसमा रोयल च्यालेन्जर चैनपुर (आरसिसी)ले सात विकेट अन्तरले खेल जितेको थियो । टस हारी पहिला ब्याटिङ गरेको बिर्ता राइडरले निर्धारित १६ ओभरका खेलमा १० विकेटको क्षतिमा ६२ रन बनायो । ६३ रनको विजयी लक्ष्य रोयल च्यालेन्जर चैनपुरले १० ओभर खेल्दै तीन विकेटको क्षतिमा हासिल गरेको थियो । उक्त खेलको उत्कृष्ट खेलाडी आरसिसीका आयुष महतो घोषित भए । उनले खेलमा चार विकेट लिएका थिए । त्यसैगरी, चैनपुर क्यापिटल र रामपुर वारियर्सबीच भएको रोमाञ्चक खेलमा रामपुरले एक विकेट अन्तरले जितेको छ । टस हारी पहिला ब्याटिङ गरेको चैनपुर क्यापिटलले निर्धारित १६ ओभरमा नौ विकेटको क्षतिमा १४३ रन बनाएको थियो भने १४४ रनको विजयी लक्ष्य रामपुर वारियर्सले १५.१ ओभरमा एक विकेटको क्षतिमा प्राप्त गरेको थियो । यस खेलको उत्कृष्ट खेलाडी रामपुर वारियर्सका सनी पटेल घोषित भए । उनले ७५ रनको योगदान दिएका थिए । यो प्रतियोगितामा वडा नं ४ का चारवटा टोलका छवटा टीमको सहभागिता छ । हरेक टीमले हरेक टीमसँग अर्थात् एउटा टीमले पाँचवटा लिग म्याच खेलेर उत्कृष्ट चार टीममा पर्नुपर्छ । उत्कृष्ट चारवटा टीमबीच फागुन १ गते दुईवटा सेमिफाइनल खेलपछि फागुन ३ गते फाइनल खेल हुने तालिका छ । अहिलेसम्म अङ्कतालिकामा आरसिसी प्रथम, रामपुर वारियर्स दोस्रो, चैनपुर तेस्रो, बिर्ता राइडर चौथो, शिवपुर टाइगर पाँचौं, चैनपुर क्यापिटल छैटौंमा छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

विश्व स्तनपान सप्ताहको अवसरमा नेशनल मेडिकल कलेजमा विभिन्न कार्यक्रम

वीरगंज, २२ साउन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजले विश्व स्तनपान सप्ताह २०८२ विशेष कार्यक्रम भव्य रूपमा...

सम्बन्धित खबर

- Advertisement -neelambads