search

परवानीपुर गोल्डकपको उद्घाटन, रोमन फूटबल क्लबको विजयी शुरूआत

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ माघ । परवानीपुर युथ क्लबको आयोजनामा चौथो परवानीपुर गोल्डकप आजदेखि शुरू भएको छ ।
वीरगंज महानगर–२१ परवानीपुरको खेल मैदानमा आयोजित उक्त गोल्डकपको उद्घाटन लोसपाका नेता जीतेन्द्र सोनलले गरेका थिए । मधेस प्रदेशका सांसद एवं पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सोनलले म्याचका अम्पायरलाई बल हस्तान्तरण गर्दै खेल शुभारम्भ गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै उनले परवानीपुर खेल मैदानलाई प्रदेशस्तरीय खेल मैदानमा परिणत गर्न सबैले सक्दो प्रयास गर्नुपर्ने बताए । परवानीपुर खेलमैदान पर्सा, बाराको दोसाँधमा पर्ने परवानीपुरको गौरवको विषयसमेत भएकोले यसको संरक्षण, प्रवद्र्धन र विकासमा जुटेर फूटबल खेलप्रतिसमेत योगदान दिनुपर्ने बताए ।
चालू आवबाट मधेस प्रदेश सरकारले रेडबूकमा यो मैदानको स्तरोन्नतिको लागि २५ लाख छुट्याउन आफूले पहल गरेको चर्चा गर्दै परवानीपुरमा फूटबल र खेल मैदानको नाता पुरानो भएको र यसमा अग्रजहरूको समेत योगदान रहेको बताए ।
कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिका–२१ का वडाध्यक्ष एवं विशिष्ट अतिथि राधाकृष्णप्रसाद रौनियारले परवानीपुर खेल मैदानको उन्नतिको लागि सक्दो प्रयास गर्ने बताए ।
परवानीपुर युथ क्लबका अध्यक्ष अलि अख्तरको अध्यक्षता एवं पत्रकार अनिल गौरवको सहजीकरणमा भएको कार्यक्रममा एमाले नेता रामपाल यादव, वीरगंज–२१ का पूर्ववडाध्यक्ष हबीब मियाँ, लिपनीबिर्ताका पूर्वगापा अध्यक्ष जतन राउत कुर्मी, उद्योगी सुरेश रूँगटा, नागमणि उपाध्याय, हरिहरसाह तेली, सुधीर पटेललगायतको सहभागिता थियो ।
शनिवार सम्पन्न पहिलो उद्घाटन खेलमा रोमन पूmटबल क्लब हरिऔन सर्लाहीले विजयी शुरूआत गरेको छ । शक्ति युवा क्लब परवानीपुरलाई सेकेन्ड हाफमा शून्य गोलविरुद्ध तीन गोल गर्दै जीत हात पारेको हो । खेलका उत्कृष्ट खेलाडी रोमनका जर्सी नं. सातका बिनु मगर घोषित भए ।
आइतवार हेटौंडा फूटबल क्लब मकवानपुर र नवजनजागृति क्लब सिमराबीच दिउँसो तीन बजे हुने परवानीपुर गोल्ड क्लबका प्रेस संयोजक सब्दर हुसेनले जानकारी गराएका छन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads