search

चौथो त्रिशक्ति गोल्डकपः जनजागृति युवा क्लब विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ माघ । परवानीपुरमा जारी चौथो त्रिशक्ति परवानीपुर गोल्डकप पूmटबल प्रतियोगिता अन्तर्गत आइतवारको खेलमा जनजागृति युवा क्लब सिमरा विजयी भएको छ ।
आइतवार भएको दोस्रो दिनको खेलमा जनजागृतिले हेटौंडा पूmटबल एकेडेमीलाई शून्यका विरुद्ध तीन गोल गरी पराजित ग¥यो । जनजागृतिका मोहित गुरुङले २ गोल गरे । उनी नै आजको खेलको म्यान अफ दि म्याच घोषित भए ।
वीरगंज महानगरपालिका–२१ का वडासदस्य जतनराउत कुर्मीले ५००० नगदसहित गुरुङलाई पुरस्कृत गरे । सोमवारको खेलमा वीरगंज युनाइटेड क्लब र जनकपुर स्पोटर््स क्लब धनुषाधामबीच खेल हुने आयोजक क्लबका उपाध्यक्ष अनिल श्रीवास्तवले बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads