search

spot_img
spot_img

मुर्लीको बाटो फराकिलो गर्ने काम स्थगित

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ माघ ।

वीरगंज महानगरपालिका कार्यालयले वडा नं १२ र १३ मुर्लीमा सडक फराकिलो गर्ने कार्यलाई केही दिनको लागि स्थगित गरेको छ।

महानगरले सूचना जारी गर्दै नक्शा पास नभएका तथा सडक सीमा मिचेर निर्माण भएको संरचनाहरू हटाउन यस अघि सूचना जारी गरेको थियो। सो सूचनाविरुद्ध हदिश मियाँ दर्जीसमेतले उच्च अदालतमा रिट दिएर अल्पकालीन अन्तरिम आदेश जारी गराएका थिए। 

सो आदेशमा अहिले फैसला हुन सकेको छैन। माघ २९ गते अल्पकालीन अन्तरिम आदेश सम्बन्धमा दुवै पक्षलाई उत्प्रेषणसहितको निषेधाज्ञा आदेश जारी गर्ने विषयमा छलफलको लागि बोलाइएको छ। यसै सन्दर्भमा अर्को परेको मुद्दाको पेशी माघ २७ गतेदेखि थियो। दुवै मुद्दा एकै प्रकृतिको भएकोले माघ २९ गतेका लागि पेशी राखिएको छ। 

यसैबीच महानगरले हिजो आइतवार मुर्लीमा सडक फराकिलो गर्न सुरक्षा दलबलसहित गएको थियो। स्थानीयले अदालतमा विचाराधीन रहेको मुद्दामा बुलडोजर चलाउन दिएनन् र पछि आगामी फागुन ५ गते यस विषयमा छलफल गर्ने भनी हाललाई स्थगन गरिएको हो। 

वडा नं १२ र १३ मुर्लीमा महानगरले नेपाल आयल निगमदेखि मुर्लीचोकसम्म १० मिटर चौडा सडक निर्माणको योजना अघि सारेको छ। सो अनुरूप आयल निगमदेखि सिटी प्यालेससम्म सडक फराकिलो भएर कालोपत्र भइसकेको छ। सिटी प्यालेसदेखि मुर्लीचोकसम्म करीब ५०० मिटरमा भने अहिलेसम्म सडक फराकिलो हुन सकेको छैन। 

महानगरपालिकाले यसबीचमा सडक फराकिलो गर्नको लागि सडकभित्र परेका संरचनाहरूमा चिह्न लगाउने काम सम्पन्न गरेको थियो।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads