search

spot_img
spot_img

मुख्यमन्त्री सिंहद्वारा अस्पतालको अनुगमन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको अनुगमन टोलीले वीरगंजमा सञ्चालन हुँदै अस्पतालहरुको अनुगमन गर्नु हुँदै नेपाल–इन्डो हस्पिटल एण्ड आई सेन्टर प्रालि बन्द गर्न निर्देशन दिनुभएको छ । बुधवार अनुगमन टोलीले वीरगंजका विभिन्न निजी अस्पतालको स्थलगत अनुगमन गर्ने क्रममा सो अस्पतालले प्रचलित कानुनबमोजिम अस्पताल सेवा सञ्चालन स्वीकृति लिएको नदेखिएकाले तहाँ उपचाररत बिरामीलाई स्थान्तरण गरी अस्पताल पूर्ण रूपमा बन्द गर्न निर्देशन दिनुभएको हो । मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले अनुगमनका क्रममा नेपाल इनडो अस्पतालको आवश्यक कागजात नभेटिएकाले अस्पतालको सेवा सञ्चालन बन्द गर्न निर्देशन दिएको जानकारी दिनुभयो । मुख्यमन्त्रीसहितको अनुगमन टोलीले वीरगंजका स्पर्श मल्टिस्पेशलिटी हस्पिटल, भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरलाई नवीकरण गर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा वीरगंजका कुनैपनि निजी अस्पतालमा गुणस्तरीय प्रयोगशाला नभेटिएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिनुभयो । “२५ शय्यामाथिका अस्पतालको बेग्लाबेग्लै कक्ष हुनुपर्नेमा देखिएन”, उहाँले भन्नुभयो, “सरकारको नीतिअनुसार यहाँका अस्पतालले १० प्रतिशत श्ययाको व्यवस्था गर्नुपर्नेमा सो गरेको पनि देखिएन ।” मुख्यमन्त्री सिंहको नेतृत्वमा वीरगंजका करिब छ भन्दा बढी अस्पतालको अनुगमन गरिएको थियो । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत संतोष कुमार ठाकुर सहितको टोलीले वीरगंजको भवानी हस्पिटलबाट शुरू गरेको अनुगमन प्रभु अस्पताल, आशाराम अस्पताल, सर्वाेत्तम अस्पताल, इण्डो नेपाल अस्पताल, स्पर्श मल्टिस्पेसियालिटी अस्पताल लगायतका अस्पतालमा पुगेका थिए । अनुगमनका क्रममा बसपार्क नजिक लिंक रोडमा रहेको भवानी हस्पिटल र बाईपासमा रहेको स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रालिलाई नविकरण नगरेको पाईएकोले नविकरण गर्न निर्देशन दिनुभएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads