search

spot_img
spot_img

ऊर्जा क्षेत्रमा बेलायत र जापानको निरन्तर सहयोग ः ऊर्जा मन्त्री खड्कासँग राजदूतहरूको भेटवार्ता

पढ्न छुटाउनुभयो ?

काठमाडौं, ९ फागुन । नेपालका लागि बेलायतका राजदूत रोब फेन र जापानका राजदूत मायदा तोरूले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कासँग शिष्टाचार भेटवार्ता गरेका छ। दुर्ई भिन्न अवसरमा भएको यी भेटवार्ताहरूमा ऊर्जा तथा सिंचाइ क्षेत्रको विकासका लागि नेपाल–बेलायत र नेपाल–जापान सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो। बेलायती राजदूतसँगको भेटवार्ता बेलायतका राजदूत फेनसँगको भेट नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा सम्पन्न भएको थियो। बैठकमा नेपाल–बेलायत ऐतिहासिक सम्बन्धलाई ऊर्जा क्षेत्रमा अझ सुदृढ बनाउने विषयमा छलफल भयो। मन्त्री खड्काले बेलायत सरकार तथा यूकेएडद्वारा नेपालमा प्रवद्र्धन गरिँदै आएको नवीकरणीय ऊर्जा सहायता कार्यक्रम, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा योजना, र भूकम्पपछिको पुनर्निर्माण लगायतका पहलहरूको प्रशंसा गर्दै निरन्तर सहकार्यको आवश्यकता औंल्याउनुभयो। मन्त्री खड्काले हालै पारित ऊर्जा विकास मार्गचित्र, २०८१ अनुरूप नेपालले लिएको ऊर्जा उत्पादन लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय साझेदारी महŒवपूर्ण रहेको बताउनुभयो। उहाँले केन्द्रीय नवीकरणीय ऊर्जा कार्यक्रमलाई थप दुर्ई वर्ष निरन्तरता दिन बेलायती पक्षलाई आग्रह गर्नुभयो। साथै, स्वच्छ ऊर्जा प्रवद्र्धन तथा ऊर्जा संक्रमण प्रक्रियामा बेलायतको सक्रिय सहभागीता आवश्यक रहेको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने आशा व्यक्त गर्नुभयो। जापानी राजदूतसँगको भेटवार्ता नेपालका लागि जापानी राजदूत मायदा तोरूसँगको भेटवार्ता ऊर्जा मन्त्रालयमा सम्पन्न भएको थियो। मन्त्री खड्काले नवनियुक्त राजदूत तोरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जापान सरकारद्वारा नेपालमा कालिगण्डकी ‘ए’, कुलेखानी जलविद्युत आयोजना, तनहुँ जलविद्युत आयोजना, र ग्रामीण विद्युतीकरणमा पुर्रुयाएको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो। त्यसैगरी, चन्द्रनगर सिंचाइ प्रणाली, कोशी, नारायणी, बागमती नदीहरूमा बाढी नियन्त्रणका लागि जापानले गरेको सहयोगप्रति पनि मन्त्री खड्काले आभार व्यक्त गर्नुभयो। उहाँले जापान सरकारलाई जलविद्युत, हरित हाइड्रोजन, स्मार्ट ऊर्जा प्रविधि, तथा ठूला सिंचाइ आयोजनामा लगानी बढाउन आग्रह गर्नुभयो। भेटमा जापानी राजदूत तोरूले माथिल्लो अरूण जलविद्युत आयोजनाको विश्व बैंक वित्तीय व्यवस्थापन निर्माणमा जापानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालको जलविद्युत प्राथमिकताका आधारमा जापानले आवश्यक सहयोग जारी राख्ने बताउनुभयो। यी दुर्ई उच्चस्तरीय भेटवार्ताले नेपालमा नवीकरणीय ऊर्जा प्रवद्र्धन, जलविद्युत, तथा आधुनिक ऊर्जा प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी थप विस्तार हुँदै गएको संकेत गरेका छन् ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी सेवा विस्तारका लागि समझदारी पत्रमा हस्ताक्षर

वीरगंज, १ साउन । बीरगंज महानगरपालिका क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव र गुणस्तरहीनताको समस्या भोगिरहेका बासिन्दाहरूका लागि एउटा महत्वपूर्ण...

सम्बन्धित खबर

- Advertisement -neelambads