search

spot_img
spot_img

गाई संरक्षणको माग गर्दै जनमत पार्टीको ध्यानाकर्षण

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ फागुन । जनमत पार्टी पर्साले ठोरी गाउँपालिका–५, सुवर्णपुरमा रहेको कलश क्याटल गाई फर्मका गाईहरूको संरक्षणका लागि पहल गर्न पर्साका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । उक्त गाई फर्मका सञ्चालकहरू बीचको आपसी विवादका कारण करीब २ सय भन्दा बढी गाईहरूलाई आवश्यक खाना, पानी, उपचार र हेरचाहको अभावमा बिरामी भएको भन्दै जनमत पार्टीले प्रशासनको ध्यानाकर्षण गराएको हो । जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सरार्पmको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ध्यानाकर्षणपत्र बुझाउँदै समस्याको समाधानका लागि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ । जनावर संरक्षण एवं गाईलाई जीवनदान दिनु सबैको कर्तव्य भएको जनाउँदै पार्टीले प्रशासनलाई प्रभावकारी पहलकदमी लिन अपील गरेको छ। ध्यानाकर्षण बुझाउने टोलीमा जनमत पार्टीका नेताहरू राजेश चौरसिया, महादेव शर्मा,राजनरायण मिस्र, संजय सिह, नरेश राम, सिकेन्द्र राम, किसुनदेव यादव, लोकेश कर्ण, निकेश महतो,पवन कुमार, हिरालाल राम लगायत रहेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

रक्तसञ्चार केन्द्रलाई एसी हस्तान्तरण

वीरगंज, ३ साउन । रूङ्गटा वेल्फेयर सोसाइटीले नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा वीरगंजलाई शनिवार एसी हस्तान्तरण गरेको छ। सोसाइटीका...

सम्बन्धित खबर

- Advertisement -neelambads