search

spot_img
spot_img

मातृ भाषामा शिक्षण सिकाई हुनसके शिक्षाको स्तर बढ्ने – अध्यक्ष भण्डारी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ फागुन । प्रेस चौतारी नेपाल, पर्साका अध्यक्ष तुलसी (विजय) भण्डारीले स्थानीय तहहरूमा मातृ भाषामा शिक्षण सिकाई हुनसके शिक्षाको स्तर बढ्ने बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल भोजपुरी समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विद्यार्थी भाईबहिनीहरूले आफ्नै भाषामा लेखिएका पुस्तक पढ्न र लेख्न पाएको भए झन राम्रो हुने बताए । वीरगंजको रेल्वे माविमा शुक्रवार आयोजना गरिएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीले गरेका थिए । कार्यक्रममा विद्यालयका प्रअ प्रभु प्रसाद रौनियार, शिक्षक संतोष कर्णलगायतले मातृभाषाबारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल भोजपुरी समाजका सल्लाहाकार मनोज कुमार मिश्र, बलिराम यादव, राजु बैठालगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव राजेन्द्र सिंह राजपुतले गरेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

जनकपुर, २२ असोज : मधेस प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रस्तावित गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads