search

spot_img
spot_img

अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा भोजपुरी प्रतिष्ठान वीरगंजले शुक्रवार लायन्स क्लब अफ सेसमी एकेडेमीको सहयोगमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा त्रिभुवन हनुमान, त्रिजुद्ध, कन्या, माइस्थान विद्यापीठ, सिद्धार्थ र नृसिंह विद्यालयका १२ जना विद्यार्थीले सहभागीता जनाएका थिए । प्रतियोगितामा सिद्धार्थ विद्यालयका चन्द्रकान्त महतो प्रथम स्थान हासिल गर्दै प्रमाणपत्र, शैक्षिक सामग्री तथा नगद रू १,५०० पुरस्कार प्राप्त गरे । त्रिजुद्ध विद्यालयका रोहित साह कानुले दोस्रो स्थान, शैक्षिक सामग्री तथा नगद रू १,००० प्राप्त गरे भने सिद्धार्थ विद्यालयकै अन्तिमा कुमारी रौनियार तेस्रो स्थान हासिल गर्दै प्रमाणपत्र, शैक्षिक सामग्री तथा नगद रू ५०० प्राप्त गरिन् । अन्य ९ जना सहभागीलाई प्रमाणपत्र र शैक्षिक सामग्री प्रदान गरी हौसला बढाइएको थियो । प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, लायन्स क्लब अफ सेसमी एकेडेमीकी आश्मा सिंह यादव, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलगायतको सहभागिता थियो । प्रतियोगितामा स्वागत श्याम सर्राफ र उद्देश्यबारे अजय चौरसिया कार्यक्रम सञ्चालन पत्रकार माधुरी महतोले गरेकी थिइन ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

जनकपुर, २२ असोज : मधेस प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रस्तावित गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads