वीरगंज, १० फागुन । ईलाका प्रहरी कार्यालय सिमरा बाराले १० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । आज साझ पौने ५ बजेको समयमा जितपुरसिमरा उ.म.न.पा.७ शान्ती टोल स्थित माधव प्रसाद आचार्यको घरमा तास खेली रहेको छन भनि पूर्व सूचनाको अधारमा छापा हानी उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिमरा का प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाईवाले जनाइन् ।आचार्यको घर खान तलासी गर्दा सोही घरको तल्लो तलाको कोठाबाट जुवाडेहरुलाई पक्राउ गरी थप अनुसन्धनको लागि आवश्यक कारवाही थालिएको बारा प्रहरीले जनाएको छ । उनीहरुको साथबाट रु ३१ हजार १२५ रुपैया बबरामद भएको छ ।















