search

spot_img
spot_img

महायज्ञको हिसाब माग्दा पत्रकारसँग अभद्र व्यवहार

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १४ फागुन/ गायत्री महायज्ञको हिसाब माग्दा समितिका कोषाध्यक्ष राकेश गुप्ताले पत्रकारसँग अभद्र व्यवहार गरेका छन् । आमजनतासँग चन्दा सङ्कलन गरेको हिसाबकिताबको बारेमा सोधखोज गर्ने पत्रकारलाई उनले क्यामरा बन्द गर्न दवाब दिएको र हिसाबकिताब दिन नसक्ने अभिव्यक्ति दिएका थिए । उनको यो रवैयाको लागि अध्यक्ष सन्तोष कुशवाहाले भने पत्रकारसँग माफी मागे ।
जीतपुरसिमरा हिन्दू समाजको आयोजनामा यही फागुन १५–१८ गतेसम्म हुन गइरहेको ५१ कुण्डीय गायत्री महायज्ञ, हवन एवं प्रज्ञा पुराण कथाबारे आज पत्रकार सम्मेलन गरिएको थियो ।
पत्रकार सम्मेलनमा अध्यक्ष कुशवाहाले महोत्सवमा बङ्गाली बाबा धर्म युग आश्रम, जीतपुर केरा ढोकामा सम्पन्न हुने बताए । उनले उद्घाटन एवं कलशयात्रा फागुन १५ गते बिहान हुने र फागुन १६, १७ र १८ गते हवन कार्यक्रम सञ्चालन हुने बताए । उनले हवनपछि प्रत्येक दिन साँझ सङ्गीतमय प्रवचन गरिने बताए ।
कार्यक्रमका लागि १३ लाख खर्च अनुमान गरिएको उनले बताए । पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रीरामसाह कानू, सचिव अमरप्रसाद यादव, नगर उद्योग वाणिज्य सङ्घका महासचिव प्रकाश गिरी, पूर्वअध्यक्ष शिवजीप्रसाद साह सोनार, समाजसेवी राजुराज गिरी, शेखर भण्डारीलगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

काठमाडौँ, ३२ असार : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो...

सम्बन्धित खबर

- Advertisement -neelambads