परवानीपुर, १८ फागुन/ यही फागुन २५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न तीनवटा खेलमैदानमा आयोजना हुने पिएम कपको लागि अहिले मधेस प्रदेशको टीम बनाउन खेलाडी छनोट प्रतियोगिता चलिरहेको छ ।
वीरगंजको नारायणी क्रिकेट ग्राउन्ड र कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा छनोट प्रतियोगिता फागुन १६ गतेदेखि जारी छ । समूह ‘ए’मा पर्सा, बारा, रौतहट र सर्लाही छन् भने समूह ‘बी’मा महोत्तरी, धनुषा, सिराहा र सप्तरी छन् । आठै जिल्लाका टीमलाई छनोट खेल खेलाउने कार्यतालिका थियो । फागुन १६, १७, १८ गते वीरगंज र कलैयामा सम्पन्न छवटा खेलमा बाराले तीन खेलमा र रौतहटले दुईवटा खेलमा विजयी भई समूह ‘ए’मा उत्कृष्ट भएर सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । समूह चरणको तीन खेलमध्ये एकमा मात्रै जीत हासिल गरेको पर्सा र तीन खेल गुमाएको सर्लाही प्रतियोगिताबाट बाहिरिएका छन् । फागुन १९ देखि २१ गतेसम्म समूह ‘बी’को वीरगंज र कलैयामा प्रत्येक दिन दुईवटा खेल आयोजना हुनेछ । अबको छवटा खेलमा उत्कृष्ट गर्ने दुई जिल्लाका टीमले बारा र रौतहटसँग फागुन २२ गते सेमिफाइनलमा भिडनेछन् । उक्त दिन वीरगंज र कलैयामा एक/एक सेमिफाइनल खेल हुनेछ भने फागुन २३ गते वीरगंजमा फाइनल खेल हुने कार्यतालिका छ । त्यसपछि प्रतियोगिताका उत्कृष्ट खेलाडी चयन गरी १६ जनाको मधेस प्रदेश टिम बन्ने पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनीष सिंहले बताए । पिएम कप ५० ओभरको खेल भएकोले पर्साका अधिकांश खेलाडीसँग सो खेलको लागि धैर्यता नदेखिएको उनले बताए । टीम बनाउने क्रममा खेलाडीलाई काखापाखा गरिएको गुनासाबारे उनले सो कुरामा सत्यता नरहेको बताए ।
फागुन २५ देखि लुम्बिनी प्रदेशको भैरहवामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टीम सेना, पुलिस र सशस्त्र गरी १० वटा टीम सहभागी हुने बताइएको छ ।

Facebook Comments Box