search

spot_img
spot_img

म्यागनसले एक अर्बमा लगायो इन्जेक्टेबल प्लान्ट, नेजल ड्रपको नेपालमै पहिलोपल्ट उत्पादन शुरु

मरिसस र भेनेजोएलामा निर्यात गर्ने उद्योगको पूँजी पुग्यो २५ करोड

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, वीरगंज,२० फागुन
बारा,जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा विगत १६ वर्षदेखि सञ्चालनमा रहेको म्यागनस फर्मा प्रालिले लगानी विस्तार गरेको छ । उद्योगले केही महिना यता रु १ अर्ब लगानी थप्दै उद्योगको उत्पादन विस्तार गरेको छ । वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा सञ्चालित करिब एक दर्जन औषधि उद्योगमध्ये एक उत्कृष्ट उद्योगको रुपमा चिनिने यो उद्योग देशमै सञ्चालित करिब ५ दर्जन उद्योग मध्ये गत वर्षको कारोबारको तथ्यांकका अनुसार ७ औं नंम्बर स्थान ल्याएको उद्योग हो । अगामि दिनमा विभिन्न इन्जेक्टेबल औषधि विदेश निर्यात गरी आयातलाई प्रतिस्थापन गर्ने नीतिका साथ उद्योगले आक्रमण रणनीतिका सथा उद्योगमा लगानी विस्तार गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक सुदिपप्रकाश मास्केले दुई वर्षदेखि उद्योगले भेनेजोएला र मरिससमा औषधि निकासी गरिरहेको चर्चा गर्दै हरेकवर्ष दुबै देशमा करिब रु १–१ करोडको औषधि निकासी भइरहेको जनाए ।नेपालमा खपत हुने कुल औषधिको १० प्रतिशत मात्रै अर्थात त्यो पनि ‘नन इन्जेक्टेबल–ओरल सोलिड’ औषधि प्रायः उत्पादन हुने गरेको र बाँकी ९० प्रतिशत आषधि भारत र अन्य मुलुकबाट आयात हुदाँ त्यो आयातलाई प्रतिस्थापन गर्न उद्योग व्यवस्थापन समुहले इन्जेक्टेबल प्लान्ट लगाएको हो,उनले भने । नबिल बैंकसंग ऋण लिएर उद्योगले अमेरिकल–भारतीय संयुक्त प्रविधिको आधुनिक प्लान्टको लागि विभिन्न औषधि उत्पादन गर्ने मेशिन भित्रियाई सफल परिक्षणसमेत गरेको छ । उद्योगले आज साझ ५ बजे वीरगंजको होटल भिस्वामा पत्रकार सम्मेलन गर्दै लागानी विस्तार र नयाँ प्लान्टबारे जानकारी गराएको छ । सोभन्दा अघि सञ्चारकर्मीहरुको टोलीलाई उद्योगले भ्रमण भलुहीमा लगेर उद्योगको विविध पक्षबारे जानकारी गराएको थियो ।

३ विघा क्षेत्रफलमा फैलिएको उद्योगमा करिब २ विघामा उद्योगको भौतिक संरचना छ । नयाँ प्लान्टसंगै औषधि भण्डारणको लागि वातानुकुलित ७८८६ वर्गफिट क्षेत्रफल बराबरको आधुनिक वेयरहाउस पनि निर्माण गरेको उद्योगका सञ्चालक समितिका अध्यक्ष सन्दिप तुल्स्यानले जानकारी गराए । उनका अनुसार औषधि संवेदनशील वस्तु भएकोले सुविधासम्पन्न गोदाम भए आषधिको गुणस्तरलाई कामय राख्न सहज हुने उनले विश्वास व्यक्त गरे ।

उनले गत आवमा उद्योगले करिब रु १ अर्ब १६ करोडको कारोबार गरेकोमा चालू आव २०८१÷८२ मा उद्योगले रु १ अर्ब ४० करोड कारोबार गर्ने लक्ष्य राखेको उनले बताए । चालू आवमा कारोबार बढाएर मुलुकमै उत्कृष्ट ५ औषधि उद्योगमध्ये भित्र पर्ने आफुहरुको नीति रहेको उनले बताए । सन २००७ बाट उद्योगको निर्माण कार्य शुरु भइ सन २००९ देखि बजारमा औषधि बिक्री वितरण शुरु गरेको सो उद्योगमा अहिलेको लगानी थपिएसंगै उद्योगको कुल पूँजी करिब रु २५ करोड हाराहारीमा पुगेको उद्योगका आर्थिक निर्देशक विनित लोहियाले जानकारी दिए । जस मध्ये करिब रु १ अर्ब ५० करोड बैकिङ ऋण रहेको समेत उनले स्पष्ट पारे । हाल उद्योगमा करिब ३ सयभन्दा बढि कामदारलाई प्रत्यक्ष रोजगारी दिइएको छ ।

उद्योगमा थपिएको नयाँ प्लान्टले विभिन्न रोगमा काम लाग्ने इन्जेक्टिवल औषधिको भाइल र एम्पुल उत्पादनको साथै आँखा र कानमा प्रयोग हुने ड्रप,नाकमा लगाउने नेजल ड्रपसमेत उत्पादन गर्ने लक्ष्य राखेको छ । नेजल ड्रप नेपालमै पहिलो पटक उत्पादन भइरहेको र बैशाखाको पहिला साता बजारमा आइसक्ने हिसाबले काम भइरहेको उद्योगले आश्वासन दिएको छ । ‘करिब सय वटा प्रडक्ट उत्पादन गर्ने सकिने मेशिन लगाएको छौ,तर औषधि व्यवस्था विभागबाट प्रारम्भिक चरणमा करिब २० वटा ब्रान्डका लागि इजाजत पाइसकेका छौ,अहिले ती प्रडक्ट उत्पादन हुन्छ,विस्तारै अन्य उत्पादन पनि हुनेछ,’ उद्योगका प्रबन्ध निर्देशक मास्केले भने ।

विगतमा मुटु,छाती,मधुमेह,मानसिक रोगको ओरल सोलिड(टयाब,क्याप्सुल)लगायत औषधि उत्पादन गर्दै आएको यो उद्योगको नयाँ उत्पादनले नेपालकै औषधि उद्योगको क्षेत्रमा आर्थिक क्रान्ति समेत ल्याउने विश्वास व्यक्त गरिएको छ । देश र समाजमा सकारात्मक खबर दिई स्वादेशमै रोजागारी वृद्धि गरी विदेशमा उत्पादन हुने औषधि नेपालमै उत्पादन गरी आयात प्रतिस्थापन गरी विदेशमा औषधि निकासी गरी देशको बार्षिक ब्यापार घाटा समेत घटनाउने द्योगको नीति अनुरुप यस्तो कदम चालिएको बताइएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads