search

spot_img
spot_img

१४ वर्षपछि काठ, दाउरा वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० फागुन/ डिभिजन वन कार्यालय, पर्साको सहयोगमा विन्ध्यवासिनी, कोइलाभार, बडनिहार साझेदारी वन उपभोक्ता समूहले मङ्गलवारदेखि १४ वर्षपछि काठ वितरण शुरू गरेको छ ।
मधेस प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साहले आज आयोजित कार्यक्रममा विन्ध्यवासिनी, कोइलाभार, बडनिहार साझेदारी वन उपभोक्ता समूह अन्तर्गतका उपभोक्ताहरूलाई काठ वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । विन्ध्यवासिनी, कोइलाभार, बडनिहार साझेदारी वन उपभोक्ता समूह गठन भएपनि विगत १४ वर्षदेखि भेला नगरेर वैधानिकता नपाएको कारण यो समूहका उपभोक्ताहरूले काठ, दाउरा पाउन सकेका थिएनन् । हालै समूहले वैधानिकता पाएको र १४ वर्षपछि आज पहिलोपटक उपभोक्ताहरूलाई काठ, दाउरा वितरण शुरू गरिएको छ ।
काठ दाउरा बिक्री वितरण कार्यविधि २०८१ अन्तर्गत आजदेखि काठ, दाउरा बिक्री वितरण शुरू गरिएको डिभिजन वन कार्यालय, पर्साका प्रमुख मन्जुर अहमदले बताए । उनले विन्ध्यवासिनी, कोइलाभार, बडनिहार साझेदारी वन उपभोक्ता समूह अन्तर्गत नगरपालिकाका सातवटा र गाउँपालिकाका ३३ वटा गरी ४० वटा वडा रहेको बताए ।
कार्यक्रम विन्ध्यवासिनी, कोइलाभार, बडनिहार साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष रिजवानुल हकको अध्यक्षतामा भएको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads