search

दोस्रो वीरगंज गोल्डकपः नेपाल पुलिस क्लब फाइनलमा

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० फागुन । नेपाल पुलिस क्लब दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधवार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक वीरगंज युनाईटेड क्लबलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब फाईनलमा प्रवेश गरेको हो ।
आर्दशनगर रंगशालामा जारी खेलमा खेलको निर्धारित समयमा दुबै टिम बिना गोल बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि दुबै टिमको स्कोर बराबरी भएपछि खेल सडेन डेथमा प्रवेश गरेको थियो ।
टाईब्रेकरमा पुलिसका लागी उज्जवल राई,रामचन्द्र वाजी,संजीव लामा,अमित टामाटा,विवेक पाण्डेले हानेका थिए । जसमा राईले पोल बाहिर र लामाले हानेको बल किपरले रोकेका थिए । त्यसपछि सडेनडेथमा पुलिसका शिशिर चौधरी, निरज खड्का,प्रज्जवल चौधरी र सुनिल तामाङ्गले गोल गरेका थिए ।
टाईब्रेकरमा वीरगंजका आशा गुरूङ्ग, सन्तबहादुर गुरूङ्ग,सिशस थापा,बल्टोर र कृपाकान्त चौधरीले हानेका थिए । जसमा सन्तबहादुरले हानेको बल किपरले रोके भने बल्टोरले हानेको बल पोलमा लडेको थियो ।
त्यसपश्चात सडेनडेथमा वीरगंज अजित चौधरी,ब्रिकम ठाकुर,प्रमजय चौधरी र विवेक चौधरीले हानेका थिए । जसमा विवेकले पोष्ट बाहिर हानेको हुन । खेलमा म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका गोलकिपर अमित टामाटा घोषित भएका थिए ।
उनले नगद १० हजार र शिल्ड पनि पाएका थिए । बिहिवार हुने दोस्रो सेमिफाईनल खेलमा मच्छिन्द्र फुटबल क्लब र सहलेस फुटबल क्लब सिरहा भिड्ने छन ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads